Comments Add Comment

सुर्खेतका महत्वपूर्ण कार्यालय आठ महिनादेखि प्रमुख बिहीन

२४ असोज, सुर्खेत । सुर्खेतका विभिन्न कार्यालाय लामो समयदेखि कार्यालय बिहीन अवस्थामा सञ्चालन भइरहेका छन् ।

कार्यालय प्रमुख नहुँदा कामकाजहरु चलेपनि नीतिगत कुराहरु अगाडी बढ्न नसकेको कर्मचारीहरु बताउँछन् । गत आठ महिनादेखि जिल्ला विकास समितिका प्रमुख कार्यालयमा छैनन् । त्यस्तै जिल्ला प्रसासन कार्यालयमा प्रमुख जिल्ला अधकिारी कार्यालयमा नभएको महिना नाघिसकेको छ ।

बढुवा भएपछी स्थानीय विकास अधिकारी भोजेन्द्रकुमार क्षत्रीले गत फागुन २२ गते जिल्ला छोडेपछी विकास तथा राहतका अन्य मागसहीत भिडभाड हुनेे जिविस अहिले सुनसान जस्तै बनेको छ । जिल्ला विकास समितिको निमित्त प्रमुखको जिम्वेबारी पाएका जिल्ला प्राविधिक कार्यालयका इन्जिनियर राजेन्द्र केशीको पनि सरुवा भएपछी अहिले जिविस अधिकारी बिहीन एको छ ।

त्यस्तै गृहमन्त्रालयमा काजमा गएका प्रमुख जिल्ला अधिकारी दिलबहादुर घिमीरेले पनि अहीले राजीनामा दिइसकेका छन् ।

त्यस्तै आन्तरिक राजस्व कार्यालय पनि प्रमुख बिहीन छ । उक्त कार्यालयमा कर भुक्तानी तथा प्रमाणपत्र प्रदान अधीकृतले नै गर्नुपर्ने भएकोले कार्यालयको कामनै प्रभावित भएको छ । महत्वपूर्ण मन्त्रालयमा प्रमुख नहुँदा कामकाजमा समस्या परेको सरोकारवालाले बताएका छन् ।

कृष्ण आचार्यबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment