Comments Add Comment

बाइस दलका नेताको धम्की : पहिचान विरोधीलाई छाडिन्न

22 Party Rally (1)

२४ असोज, काठमाडौ । एकीकृत नेकपा माओवादीसहितको २२ दलीय मोर्चाका नेताहरुले पहिचान र संघीयता विरोधीलाई नछाड्ने चेतावनी दिएका छन् ।

राजधानीमा शुक्रबार आयोजित विरोध सभालाई सम्बोधन गर्दै नेताहरुले यस्तो धम्की दिएका हुन् । पहिचान र संघीयता सहितको संविधान जारी गर्न दबावका लागि भन्दै शुक्रवार २२ दलीय मोर्चाले राजधानीमा विरोध प्रदर्शन गरेको थियो ।

नयाँ बानेश्वरमा भएको कोणसभामा बोल्दै एकीकृत माओवादीका महासचिव कृष्णबहादुर महराले पहिचान र संघीयता विरोधी संविधान जारी गरिए संविधान जारी भएकै दिन च्यातिने चेतावनी दिए । महराले भने- ‘पहिचान र संघीयताविरोधी संविधान जारी भए संविधान च्यात्ने मात्र होइन, संघीयता विरोधीहरुलाई पनि छाडिन्न ।’

आफूहरुले वार्ता र सहमतिबाटै संविधान जारी गर्न कोसिस गरिरहँदा कांग्रेस-एमालेेले पहिचानविरुद्ध संविधान लेख्ने षड्यन्त्र गरिरहेको महराले आरोप लगाए ।

22 Party Rally (2)

संघीयता तथा पहिचानविरोधी संविधान लेख्ने षड्यन्त्र विरुद्ध आफूहरुले गरेको पहिलो दिनको कार्यक्रमलाई महराले ‘काष्टिङ र ट्रेलर’ मात्रै भएको बताए । ‘यो हाम्रो ट्रेलर मात्रै हो,’ उनले भने, आन्दोलन हुनै बाँकी छ ।’

विरोधसभामा महराभन्दा पहिले डा. ओम गुरुङ र फोरम जीतेन्द्र देवले मन्तव्य व्यक्त गरेका थिए । संघीयता पक्षधरहरुको २२ दलीय गठबन्धनको आयोजना भएको शुक्रबारको प्रदर्शनमा कार्यकर्ताहरुको झिनो सहभागिता थियो ।

नयाँ बानेश्वरमा सभा सुरु हुनुअघि माइतीघरबाट बानेश्वरसम्म जुलुस निस्किएको थियो । मोर्चाले असोज २७ गते इटहरीमा, २९ गते घोराहीमा र १ गते काठमाडौंको खुलामञ्चमा जनसभा गर्ने घोषणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment