Comments Add Comment

प्रधानमन्त्रीका तीन सय कार्यकर्तालाई सरकारी दसैंखर्च

२५ असोज, काठमाडौं । ‘त्यागी’ प्रधानमन्त्री सुशील कोइरालाले आफ्ना कार्यकर्तालाई दसैंखर्च पनि राज्य कोषबाटै दिएका छन् । प्रधानमन्त्रीको निर्देशनमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले दुई सय ९४ जनालाई २२ लाख ३० हजार पाँच सय रुपैयाँ वितरण गरेको छ ।
रकम पाउनेमा प्रधानमन्त्रीका स्वकीय सचिव, मन्त्री तथा कांग्रेसका विभिन्न नेतानिकट व्यक्ति छन् । उनीहरुले दुई हजार पााच सयदेखि २५ हजार रुपैयाँसम्म पाएको नयाँ पत्रिकामा खबर छ ।
प्रधानमन्त्री कोइरालाकै निर्देशनबमोजिम उनका स्वकीय सचिव रमेश शर्मा भण्डारीको तोक आदेशमा १० असोजदेखि १२ असोजसम्म दुई सय ९४ जनालाई रकम दिने निर्णय प्रधानमन्त्री कार्यालयले गरेको थियो । सबैको नाममा चेक काटिएको भए पनि आधाभन्दा बढी व्यक्ति रकम बुझ्न आएका छैनन् ।
स्रोतका अनुसार एकैपटक करिब दुई सय ९४ जनालाई रकम दिने निर्णय भएपछि प्रधानमन्त्री कार्यालयलाई रकमको जोहो गर्न समस्या भएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय आर्थिक प्रशासन शाखाका अनुसार प्रधानमन्त्री सहायता कोषमा ११ लाख रुपैयाँ मात्र मौज्दात थियो । तर, एकैपटक २२ लाख वितरण गर्ने निर्णय भएपछि प्रधानमन्त्री कार्यालयले रकम वितरण गर्न अपुग भएको भन्दै दसैंअघि नै अर्थ मन्त्रालयसाग थप २० लाख रुपैयाँ माग गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment