Comments Add Comment

२५ हजार स्थायी शिक्षक नियुक्ति हुँदैं

school_teacher5२६ असोज, काठमाडौं । सरकारले सामुदायिक विद्यालयमा २५ हजार स्थायी शिक्षक नियुक्ति गर्न कानुनी प्रक्रिया अघि बढाएको छ ।

लामो समयदेखि अस्थायी शिक्षक संख्या बढी भएको र रिक्त स्थानमा नियुक्ति गर्न एकैपटक २५ हजारको संख्यामा स्थायी गर्ने तयारी शिक्षा मन्त्रालयले गरेको हो । अस्थायी शिक्षकका लागि १५ हजार र खुला प्रतिस्पर्धातर्फ १० हजारको संख्यामा स्थायी विज्ञापन खुला गर्न मन्त्रालयले प्रक्रिया अगाडि बढाएको राजधानीमा खबर छ ।

शिक्षक सेवा आयोगले २०६९ सालमा शिक्षक सेवा आयोग नियमावलीमा भएको सातौं संशोधनपछि ११ वैशाख २०६३ पछि रिक्त पदका लागि १० हजार खुला र १५ हजार आन्तरिक प्रतिस्पर्धाका आधारमा विज्ञापन खुला गर्न मन्त्रालयले आठौ शिक्षा ऐन संशोधन समावेश गरेको सहसचिव डा. हरि लम्सालले जानकारी दिए ।

उनका अनुसार शिक्षकका विभिन्न पेसागत संस्थागत भएको छलफलमा एक पटकका लागि अस्थायी शिक्षकलाई स्थायी हुन आन्तरिक प्रतिस्पर्धा गर्दै २०६३ अघिका अस्थायीले मात्र भाग लिन पाउने व्यवस्था कानुनी रुपमा गर्न लागिएको हो । सामुदायिक विद्यालयमा झन्डै २५ हजारभन्दा बढी स्थायी शिक्षक तत्कालका लागि तीनै तहमा आवश्यक पर्नेछ ।

विज्ञापन एकै पटक खुला गर्न ऐनमै संशोधन गर्न लागिएको मन्त्रालयले जनाएको छ । उसले संशोधनका लागि व्यवस्थापिका संसद्मा पेस गर्न लागेको ऐनमा शिक्षक विज्ञापनको विषयमा समेत उल्लेख गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment