२६ असोज, काठमाडौं । वैदेशिक रोजगारीका सिलसिलामा साउदी अरब गएका ३७ जना नेपालीको शव नेपाल फिर्ता हुन सकेकाे छैन । कामका सिलसिलामा मृत्यु भएका आफन्तको शव पीडित परिवारले लामो समयदेखि नेपाल झिकाउन पहल गरे पनि सफल हुन नसकेकाे गुनासाे गरेका छन्।
झापाको महारानीझोडा गाविस-७ का अम्बरहादुर कार्कीको शव छ महिनादेखि साउदीमा अलपत्र छ ।
त्यस्तै झापाका रणबहादुर भट्टराईको शव पनि परिवारका सदस्यले नेपाल झिकाउन सकेका छैनन् । मोरङकी भद्रशीला श्रेष्ठ, ऐतराज वि.क, मेघनाथ पयानगु, कविन्द्रकुमार साम्वाहाम्फे, अमर थापा, राम मुरामा, रामेशकुमार चौधरी र रामु राईको शव पनि साउदीमा अलपत्र परेको पीडितकाे गुनासाे छ ।
धादिङका सुरेश तामाङ, सानुकाजी खत्री, नवलपरासीका सञ्जय गुरुङ, धनुषाका अरुणकुमार यादव, प्रेमबहादुर थापा, गोरखाका पूर्णबहादुर थापामगर, किरण के.सी., सप्तरीका गोपाल चौधरी, बर्दियाका मानबहादुर पुन, सोमलाल तामाङ, लाल सिंह, हरिबहादुर थापा, दाङका हेमराज पुनमगर र अश्विनीकुमार तामाङको शव पनि स्वदेश आएको छैन ।
चितवनका मानबहादुर कुमाल, महोत्तरीका गरिबनाथ साह, ताप्लेजुङका गोरेबहादुर कामी, सुर्खेतका जुद्धमान रसकोटीकाे शव पनि साउदीमै अलपत्र छ ।
महोत्तरीका रमेश मण्डल, सर्लाहीका इनरदेव महतो, गुल्मीका सन्देश नेपाली, दिलबहादुर सिंह, निलम नेम्वाङको शव पनि परिवारका सदस्यले पाउन सकेका छैनन् ।
वैदेशिक रोजगारीको सिलसिलामा साउदी अरब गएका नुवाकोटका कृष्णनारायण श्रेष्ठ, काभ्रेका दिलबहादुर घिसिङ, कास्कीका ध्रुवप्रसाद भट्टराई र भीमबहादुर तामाङको समेत उतै मृत्यु भए पनि आफन्त र घरपरिवारका सदस्यले शव पाउन सकेका छैनन् ।
मृतकका अाफन्तले चाँडोभन्दा चाँडो शव नेपाल झिकाइदिन नेपाल सरकार र सरोकारवाला निकायलाई आग्रह गरेका छन् ।
साउदी दुतावास, वैदेशिक रोजगार विभाग र कन्सुलर विभागले चाँडो शव ल्याउन पहल नगरेको पीडित परिवारको गुनासो छ ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                .jpg) 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
     
     
     
     
     
                
प्रतिक्रिया 4