+
+
Shares

फेसबुकमा खाता खोल्ने विश्वकै पाकी महिलाले किन उमेर ढाँट्नुपर्यो ?

अनलाइनखबर अनलाइनखबर
२०७१ असोज २६ गते १९:०१

Anna

१ सय १३ वर्षकी अन्ना स्टोयरले अन्ततः फेसबुकमा खाता खोलेकी छिन् । तर उनले फेसबुकको सदस्य हुँदा आफ्नो उमेर भने ढाँट्नुपरेको छ ।

आखिर किन ? विश्वका सबैभन्दा बढि उमेरका मानिस मध्येकी एक अन्नालाई फेसबुकमा खाता खोल्नका लागि आफ्नो उमेर लुकाउने बाध्यता किन आइपर्यो ?

वास्तवमा फेसबुकको अदूरदर्शी कामका कारण अन्ना पीडित भएकी हुन् । युवाहरुप्रति लक्षित भनिएको फेसबुकले सन् १९०५ भन्दा अघि जन्मिएका मानिसहरुलाई फेसबुकमा खाता खोल्नबाट बञ्चित गरेको छ ।

अर्थात् फेसबुक अकाउण्ट खोल्दा सबैभन्दा पाको उमेर भनेको जन्मसाल सन् १९०५ हुनैपर्छ, त्यसभन्दा अघि जन्मिएकाले फेसबुकमा खाता खोल्दा आफ्नो उमेर तल झार्नैपर्छ । अमेरिकाको मिनिसोटाकी बासिन्दा अन्नाले पनि त्यसै गरिन् ।

facebook age
सन् १९०० को अक्टोबर १५ मा जन्मिएकी अन्नाले फेसबुकमा खाता खोल्नका लागि आफ्नो उमेर १५ वर्ष घटाइन् र अहिले ९९ वर्ष उमेर राखिन् ।
फेसबुकमा खाता खोलेपछि अन्ना अहिले ‘सबैभन्दा बूढी किशोरी’ को उपमाले चर्चित बनेकी छिन् ।

उनले आफ्नो आइप्याडमा फेसबुक चलाएर आफ्ना परिवारका सदस्य तथा पूराना साथीहरुलाई धमाधम ‘एड’ गरिरहेकी छिन् ।

अन्नाको जन्म १९०० हुनु पर्नेमा अन्यथा भएकाले सच्याइएको छ-स.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?