Comments Add Comment

बेतनाले तान्यो पर्यटक

२९ असोज, पथरी । मोरङ बेलबारीस्थित बेतना सिमसार क्षेत्रमा रहेको पोखरीमा डुङ्गा चल्न थालेपछि त्यस क्षेत्रमा जाने आन्तरिक पर्यटकको सङ्ख्या बढ्न थालेको छ ।

राजमार्गको छेउमै जोडिएका कारण निजी सवारीसाधन लिएर पूर्वतिर जाने र पूर्वबाट आउने आन्तरिक पर्यटकले एकपटक डुङ्गा चढ्ने गरेका छन् ।

आन्तरिक पर्यटक बेतनाको अवलोकनका लागि आउने गरेको र बेतनामा पोखरीको डुङ्गामा सयर गर्दै रम्नुको आनन्दै बैग्लै भएको बेतना सिमसार संरक्षण समितिका अध्यक्ष इरान राईले बताए ।

सिमसार क्षेत्रमा पाइने मयुरपङ्खी जातको कछुवा, लोपोन्मुख पानीहाँस, जलकौवा, सरस, चिललगायतका जीवजन्तुले पर्यटकको ध्यान खिचेको छ । बेतनामा विभिन्न ६ प्रजातिको कछुवा बसोबास छ ।

समितिले कछुवा संरक्षणका लागि सरकारसँग बजेटसमेत माग गरेको छ । विशेष चाडपर्व, नयाँवर्ष र पिकनिकको समयमा त बेतनामा आन्तरिक तथा बाहृय पर्यटक गरी दैनिक एक हजार ५०० जना सम्म पुग्ने गरेको समितिले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment