Comments Add Comment

६ जना उत्कृष्ट कृषक पुरस्कृत

३१ असोज, चितवन । चितवनका ६ जना कृषकलाई राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कारबाट सम्मान गरिएका छन् ।
२४ औं विश्व खाद्य दिवसको अवसर पारेर जिल्ला कृषि विकास कार्यालयले बिहीबार भरतपुरमा आयोजना गरेको कार्यक्रममा कृषकहरुलाई सम्मान गरेको हो ।
कृषितर्फ सम्मानित हुनेमा एब्लुम फ्लोरा फार्म चित्रवन नगरपालिका-७ का प्रकाश पन्त, जय अम्वे मल्टी एग्रो पदमपुरका यज्ञप्रसाद सुवेदी, सुन्तलाखेती गर्ने दारेचोक-४ का हरिबहादुर नेपाल रहेका छन् ।
त्यस्तै पशुतर्फ कृषि पशुपालन फार्म गीतानगर-६ का खगराज पाठक, अधिकारी गाई फार्मका कुलानन्द अधिकारी, सौगात एनिमल र्फम भरतपुर-८ का वेदप्रसाद सापकोटा पुरस्कृत भएका छन् ।
सम्मानित हुने कृषकले नगद १०/१० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
त्यस्तै खाद्य दिवसकै अवसरमा आयोजित विभिन्न प्रतियोगितामा विजयी  कृषक तथा विद्यार्थीलाई सम्मान गरिएको थियो  ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment