Comments Add Comment

स्पेनमा नेवारी समुदायको महपूजा गरिने

बार्सिलोना । नेपाल सम्बत् ११३५ को अवसरमा नेवारी समाज (पासा पुच) स्पेनको आयोजनामा म्ह पुजा हुने भएको छ । आगामी अक्टोबर २४ तारिखका दिन बार्सिलोनामा हुन लागेको पुजामा नेवार समुदाय लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिको उपस्थिती रहने जनाईएको छ ।

दिउसो ३ बजेदेखि राति ९ बजेसम्म चल्ने पुजामा सहभागी हुन समाजले सबैलाई अनुरोध गरेको छ। म्ह पुजा अर्थात् आफ्नो शरीरलाइ आफैले पुजा गर्ने प्रथा नेवारी समुदायमा ठुलो पर्वको रुपमा मनाउने चलन छ। नेवारी समुदायमा परिवारका प्रत्येक सदस्यले नुहाई, नयाँ बस्त्र लगाई मण्डलको अगाडी लहरै बसेर फूल, अक्षताले आफैले आफैलाइ गर्दा (म्ह पुजा ) गर्दा सु-स्वास्थ्य राम्रो हुने बिश्वास गरिन्छ l आत्मा सन्तुष्ट भए देवता खुशी हुन्छन् र सबै काम फलिफाप हुन्छ भन्ने विश्वासका साथ यो पूजा गरिँदै आइएको छ ।

म्ह पुजा कै दिन नेपालको मौलिक संवत् नेपाल संवत् ११३५ को नयाँ वर्ष पनि सुरु हुनेछ । लिच्छवी राजा राघवदेवको पालामा शङ्खधर साख्वाःले नेपालीहरूको ऋणमोचन गरी देशको नामबाट नेपाल संवत सुरु गरेकोले त्यही दिनदेखि नेपाल संवत् मनाउने गरिएको हो ।

नेवारी संस्कृति र पहिचानलाई बिदेशमा पनि जोगाइ राख्ने उदेश्य सहित पुजाको आयोजना गरिएको तयारी समितिका संयोजक निलु अवाले श्रेष्ठले जानकारी दिईन । समाजका बिशेष समिति सदस्य सन्तोष श्रेष्ठले पुजामा भाग लिई कार्यक्रम सफल बनाउन स्पेनबासी नेपाली समुदायलाई अनुरोध गरेका छन् ।

यसैबर्ष मात्र स्पेनमा गठन भएको समाजले बार्सिलोनामा पहिलो पटक म्ह पुजाको आयोजना गर्न लागेको हो। यस अघि एनआरएनए स्पेनले बाढीपहिरो पीडितलाई स्पेनमा रकम संकलन गर्दा पनि पासा पुच स्पेनले ५५९ युरो रकम हस्तान्तरण गरेको थियो ।

बसन्त रानाभाटबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment