Comments Add Comment

ब्राभो र बाट्शन चम्किँदा हार्‍यो दिल्ली

काठमाडौं । इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)मा दिल्ली क्यापिटल्सले आफ्नै घरेलु मैदानमा चेन्नई सुपर किङ्ग्सको जित रोक्न सकेन । चेन्नईको जितमा निर्णायक बनेका डरेन ब्राभोले ३ विकेट लिए भने शेन वाट्सनले ४४ रनको आक्रमक पारी खेले ।

चेन्नईले ६ विकेटले खेल जित्यो ।

जितका लागि पाएको १४८ रनको लक्ष्य अन्तिम दुई बल बाँकी छँदा ४ विकेट गुमाएर भेट्टायो । कप्तान महेन्द्रसिंह धोनीले दुई चौका र एक छक्काको मदतमा नटआउट ३२ रन बनाए । अन्तिम ओभरमा जितका लागि मात्र दुई रन चाहिएको थियो ।

कागिसो रबाडाको स्विङ भएको बेलमा विकेटकिपर ऋषभ पन्तले केदार जाभबको क्याच लिए । उनले २७ रन बनाए । तर, ब्राभोले रबाडाकै बलमा मिड विकेटमा चोका लगाएर जिताए । चेन्नईका सुरेश रैनाले महत्वपूर्ण ३० रन बनाए ।

शेन वाट्सनले मात्र २६ बलमा चार चौका र तीन छक्काको मदतमा बनाएको ४४ रनले जितको आधार बनाएको थियो । अमित मिश्राको बलमा उनलाई विकेटकिपर पन्तले क्याच गरेका थिए । उनी नै खेलमा म्यान अफ दि म्याच बनेका छन् ।

यसअघि फिरोजशाह कोटला मेदानमा टस जितेको दिल्लीले ब्याटिङको निर्णय गर्‍यो । उसले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १४७ रन मात्र बनाउन सक्यो । चेन्नईका डरेन ब्रभो घातक देखिए । उनको बलमा ब्याट्सम्यानहरुले खुलेर प्रदर्शन गर्न सकेनन् । ४ ओभर बलिङ गरेका उनले ३३ रन दिएर ३ विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment