काठमाडौं । युरो कप छनोटमा सुखद सुरुवात गरेको इटलीले लिक्टनस्टाइनमाथि शानदार जित हात पारेको छ ।
घरेलु मैदान पर्मामा भएको खेलमा इटलीले लिक्टनस्टाइनमाथि ६–० गोल अन्तरको जित निकालेको हो । एकपक्षीय खेलमा लिक्टनस्टाइनको पोष्टमा इटलीले प्रहार गरेको ४१ शट्स मध्ये १२ सही दिशामा पनि थियो । ६ गोल भएको छ ।
१७ औं मिनेटमा स्टेफानो सान्जीको गोलबाट अग्रता लिएको इटलीका लागि ३२ औं मिनेटमा मार्को भेराटीले गोल गरे ।
खेलको ३५ र इन्जुरी टाइममा फावियो क्वायरालाले पेनाल्टीमा गोल गरे । यससँगै ३६ वर्षीय क्वायराला इटलीका सबैभन्दा पाको उमेरमा गोल गर्ने फुटबलर बने । बल ह्याण्ड गर्दा डानिअल काफमनले रातो कार्ड पाएका थिए भन इटलीले दोस्रो पेनाल्टी ।
दोस्रो हाफमा इटलीका लागि मोइज किन र लियोनार्डो पाभोलेटीले गोल गरेका थिए ।
प्रतिक्रिया 4