Comments Add Comment

मनाङ गभर्नर्स गोल्डकपको सेमिफाइनलमा

३१ असोज, काठमाडौं । मनाङ मर्स्याङ्दी क्लब ३५ औं गभर्नर्स गोल्डकप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

शुक्रबार भएको खेलमा इण्डियन आर्मी ११ लाई २-० ले पराजित गर्दै मनाङले अन्तिम चारमा स्थान बनाएको हो ।

खेलमा मनाङले २१ औं मिनेटमा डोडोजको गोलबाट अग्रता लिएको थियो । ६५ औं मिनेटमा शिव श्रेष्ठले मनाङको अग्रता दोब्बर पारे । उनले दीपक राईको पासमा गोल गरेका हुन् ।

खेलमा थप गोल हुन सकेन र मनाङ २-० को जितका साथ अन्तिम चारमा स्थान बनाउन सफल भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment