Comments Add Comment

मूल्य समायोजन नहुँदा निगमलाई मालामाल, नाफा साढे २१ करोड बढ्यो

१ कार्तिक, काठमाडौं । निरन्तर घाटा बेहोर्दै आएको नेपाल आयल निगमले नाफा कमाउन थालेको छ । भारतीय आयल कर्पोरेशन (आइओसी)ले पठाएको नयाँ मूल्यअनुसार निगमको मासिक नाफा ४६ करोड ६९ लाख रुपैयाँ पुग्ने प्रक्षेपण गरिएको छ ।

अघिल्लो मूल्यअनुसार निगमलाई २६ करोड १४ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएको थियो । भारतमा पेट्रोलको भाउ घटेपछि NOCआइओसीले पठाएको पछिल्लो मूल्यमा निगमको नाफा साढे २१ करोड रुपैयाँले बढ्न पुगेको हो ।

सरकारले अन्तर्राष्ट्रिय बजार भाउअनुसार पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणालीमा जाने निर्णय गरेपनि कार्यान्वयन गर्न सकेन । सरकारले असोज १३ गते अटोमेशनमा जाने निर्णय गरेपछि आइओसीले दुई पटक पेट्रोलियम पदार्थको मूल्य पठाइसकेको छ ।

स्वचालित प्रणालीअनुसार मूल्य समायोजन भएको भए पेट्रोलको भाउ दुई रुपैयाँसम्म घट्ने थियो । विभिन्न कारण देखाएर मूल्य समायोजन नगरेपछि आयल निगमलाई भने फाइदा भएको छ ।

आइओसीले अक्टोबर १६ मा पठाएको मूल्यअनुसार पेट्रोलमा प्रतिलिटर १४ रुपैयाँ ७५ पैसा नाफा हुने देखिएको छ । अक्टोबर १ मा पठाएको मूल्यसूचीमा १२ रुपैयाँ ६७ पैसा नाफा देखिएको थियो ।
त्यसैगरि, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ ८९ पैसा, मट्टतिेलमा १६ रुपैयाँ १९ पैसा, हवाई इन्धन आन्तरिक उडानतर्फ ४१ रुपैयाँ ५८ पैसा, अन्तर्राष्ट्रिय उडानतर्फ ४८ रुपैयाँ ८० पैसा नाफा हुने पछिल्लो मूल्यसूचीले देखाएको छ ।

खाना पकाउने एलपी ग्यासमा भने निगमलाई प्रतिसिलिन्डर ५ सय ११ रुपैयाँ २८ पैसा नोक्सानी रहेको छ । निगमले ग्यासमा भएको घाटा कम गर्न व्यवसायीक र घरायसी प्रयोजनका लागि दूई मूल्यका फरक फरक सिलिन्डर प्रयोगमा ल्याउने गृहकार्य गरिरहेको छ ।

यसरी निगमलाई पेट्रोलमा मासिक २९ करोड ५१ लाख, डिजेलमा ४४ करोड १९ लाख, मट्टतिेलमा ४ करोड ५ लाख, हवाई इन्धनमा ४६ करोड ६४ लाख रुपैयाँ नाफा हुने देखिन्छ । ग्यासमा भने निगमलाई मासिक ७६ करोड ६९ लाख रुपैयाँ घाटा रहेको छ ।

निगमका अनुसार अहिले बजारमा पेट्रोल मासिक २० हजार किलोलिटर, डिजेल ७५ हजार किलोलिटर, मट्टतिले २५ सय किलोलिटर, हवाई इन्धन १० हजार किलोलिटर र ग्यास सिलिन्डर १५ लाख थान खपत हुँदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment