१ कार्तिक, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको २२ दलीय मोर्चाको बैठक आज बस्दैछ ।
बैठक दिउँसो ३ बजे माओवादी संसदीय दलको कार्यालय सिंहदरवारमा बोलाइएको छ । बैठकमा पहिलो चरणको आन्दोलनको समिक्षा हुनेछ ।
माओवादी नेतृत्वको २२ दलले शुक्रबार खुलामञ्चमा सभा गरेको थियो, जहाँ प्रचण्डले कांग्रेस र एमाले विगतको सहमतिप्रति इमान्दार नभए फेरि शान्ति पूर्ण जनविद्रोहको नेतृत्व गर्न आफू तयार रहेको बताएका थिए ।
२२ दलको बैठकमा आन्दोलनका आगामी कार्यक्रमबारे छलफल हुने नेताहरुले बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4