Comments Add Comment

उपाधिका लागि रौतहट र काठमाडौं भिड्ने

गौतम श्रेष्ठ

१ कात्तिक, रौतहट । पहिलो वियाग यु-१७ बालिका फुटबलको उपाधिका लागि रौतहट र काठमाडौं भिड्ने भएका छन् ।

शनिबार भएको पहिलो सेमिफाइनल खेलमा रौतहटले ताप्लेजुङलाई ४-० ले पराजित गरेको छ ।

हातेमाले सामुदायिक वनको खेल मैदानमा भएको खेलमा रौतहटको जितमा रोजिना माझी, अंजली जिम्बा, सुनिता योञ्जनले बल र मनिषा राउतले गोल गरिन् । कप्तान सुनिताले पेनाल्टी गोल गरेका थिइन् ।

खेलको ६५औं मिनेटमा रौतहटकी सुविना कुश्वरलाई फल गरेपछि ताप्लेजुङकी श्रृजना श्रेष्ठले रातो कार्ड पाएकी थिइन् ।

अर्को खेलमा काठमाडौंले झापालाई २-१ ले हराउँदै रौतहटसँगकेा उपाधि भिडन्त पक्का गरेको छ ।

काठमाण्डौका लागि ११ औं मिनेटमा लक्ष्मी तामाङले गोल गरिन् । तर, झापाकी सम्झना लावतीले पहिलो हाफको अन्तिम समयमा गोल गर्दै बराबरी गरिन् । दोस्रो हाफमा लक्ष्मीले गोल गर्दै काठमाडौलाई फाइनलमा पुर्‍याइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment