मुम्बइ । बलिउडमा हिरोको तुलनामा हिरोइनलाई थोरै पारिश्रमिक दिइन्छ । तर, पनि अभिनेत्री दिपिका पादुकोणलाई थोरै पारिश्रमिक पाएकोमा कुनै गुनासो छैन ।
केही वर्ष अघिसम्म नायिकाको पारिश्रमिक असाध्यै थोरै भएको बुझेकी दिपिकालाई लाग्छ । ‘हिरोले जति पारिश्रमिक नपाएपनि नायिकाले पाउने पारिश्रमिकको मात्रा बढेको छ ।’ उनले भनेकी छन् ।
बलिउड फिल्मले निकै राम्रो कमाइ गर्नुमा हिरोइनको भुमिका पनि अहम रहेको उनको भनाइ छ । आम निर्मातालाई आग्रहको भाषामा भन्छिन-‘फिल्म चल्नुमा हिरोइनको पनि योगदान छ भन्ने कुरा कहिल्यै नबिर्सनु ।’
उनले प्रदर्शन्मुख फिल्म ‘ह्याप्पी न्यु इयर’ को वारेमा पनि केही कुरा गरेकी छन् । शाहरुख र फराह खानसँग काम गर्दा एउटा परिवारभित्र बसेजस्तो लाग्ने उनको भनाइ थियो । ‘उहाहरु त मेरो अभिभावक नै हो, उहाहरुले नै मलाइ ओम शान्ति ओममा सानदार ढंगले प्रस्तुत गर्नु भयो, जुन मौका अन्य कलाकारले पाउदैनन् ।’
प्रतिक्रिया 4