Comments Add Comment

नेपाल-भारत उर्जा व्यापार सम्झौतामा हस्ताक्षर

४ कात्तिक काठमाडौं । नेपाल-भारतबीच उर्जा व्यापार सम्झौता (पीटीए) मा मंगलबार हस्ताक्षर भएको छ ।
NEPAL-INDIA-PTA-AGREEMENTसिंहदरबारमा आयोजित कार्यक्रममा नेपालका उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्री र भारतीय उर्जा सचिव पीके सिन्हाले उर्जामन्त्री राधा ज्ञवालीको उपस्थितिमा सम्झौतापत्रमा हस्ताक्षर गरे ।
गत साउनमा नेपाल भ्रमणमा आएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले ४५ दिनभित्र पीटीए गर्ने घोषणा गरेका थिए
सम्झौता अनुसार दुबै मुलुकले उर्जाको स्वतन्त्र व्यापार गर्न सक्नेछन् । भन्सार एवं अन्य कर नलगाउन भारतीय पक्ष समहत भएको छ ।
सम्झौताले नेपालको उर्जा विकासमा महत्वपूर्ण भूमिका खेल्ने उर्जा सचिव क्षेत्रीले बताएका छन् । ‘सो सम्झैतासँगै हाम्रो देशको विद्युत उत्पादन तथा निर्यातमा ठूलो परिवर्तन आउनेछ’ उनले भने ।

सम्झौता अनुसार दुबै मुलुकका उर्जा सह-सचिवस्तरीय कार्यदल बनाउने र हरेक ६ महिनामा कार्यदलको बैठक बस्नुपर्नेछ । कार्यदलले दुईदेशबीच उर्जा व्यापारमा देखिएका समस्याको सम्बोधन गर्न कार्य गर्नेछ ।
समाधान नभएका विषय भने सचिवस्तरीय स्टेरिङ कमिटीले समाधान गर्ने सम्झौतामा उल्लेख छ ।
पीटीए २५ वर्षका लागि गरिएको हो । हरेक १० वर्षमा यसको नवीकरण हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment