Comments Add Comment

ढुंगाले हानेर महिलाको हत्या

५ दाङ, कात्तिक । महिला हिंसा विरुद्ध अभियान चलिरहेकै बेला दाङमा एक महिलाको निर्मम हत्या भएको छ । रामपुर गाविस ५ हर्नोक निवासी ५८ वर्षकी हिरा घर्तीको छिमेकी ४२ वर्षका कासीराम बुढाले मादक पदार्थ सेवन गरि ढुंगाले टाउकोमा हानेर हत्या गरेका छन् ।

छिमेकीको घरमा बिहेभोजमा गएका दुबै जना घर र्फकने बेला बुढाले बाटोमा घर्तीको हत्या गरी फरार भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ । बुढाले घरमा गई श्रीमतीलाई घर्तीको हत्या गरेको जानकारी दिई उनको समेत हत्या गर्ने धम्की दिदै कुटपिट गरी फरार भएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरीका अनुसन्धान अधिकृत प्रहरी निरीक्षक बद्री ढकालले बताए । घर्तीको पोष्टमार्ट गर्दा बलात्कार पछि हत्या भएको आंशका गरि टेष्टका लागि केन्द्रमा पठाइएको डा. चन्द्र घर्तीले बताए ।
पिडित परिवारले किटानी जाहेरी दिएपछि प्रहरीले हत्याका अभियोग लागेको बुढाका श्रीमतीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

खुकुरी प्रहारबाट १ युवक घाइते
दाङमा खुकुरी प्रहारबाट एक युवक घाइते भएका छन् । तुल्सीपुर नगरपालिका २ रक्षाचौरमा सोही ठाउँका १८ वर्षका विकास घर्ती मगर लगायतका २ /३ जनाको समूहले मंगलबारराति खुकुरी प्रहार गर्दा सोही ठाउँका १८ वर्षका खिमबहादुर राजकोटी घाइते भएको इलाका प्रहरी कार्यालय तुल्सीपुरले जनाएको छ । खुकरी प्रहार गरी फरार रहेका घर्ती सहित सबैको पहिचान भैसकेको र खोजी तीब्र पारिएको प्रहरीले जानकारी दिएको छ ।

खुकुरी प्रहारबाट टाउकोमा गम्भीर चोट लागेका रासकोटीलाई राप्ती अञ्चल अस्पतालमा प्रारम्भिक उपचार गरी थप उपचारका लागि नेपालगञ्ज लगिएकोे छ ।

निमुसंगम घर्तीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment