+
+
Shares

राैतहटमा ग्यासको सहज आपूर्ति हुन सकेन

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ९ गते ११:३२

९ कात्तिक, रौतहट । रौतहटका विभिन्न बजार क्षेत्रमा एलपी ग्यासको अभाव भएको एक महिना बित्न लाग्दा पनि त्यसको सहज आपूर्ति हुन सकेको छैन ।

ग्यासको अभाव भएपछि चन्द्रनिगाहपुरलगायत विभिन्न क्षेत्रमा रहेका कतिपय ग्यास डिलरले कृतिम आभाव सिर्जना गरी कालोबजारी गर्दै आएको सर्वसाधारणले गुनासो गरेका छन् ।

चन्द्रनिगाहपुर, गरुडा तथा गौर क्षेत्रमा एक महिनायता खाना पकाउने ग्यासको कालोबजारी व्यापक मात्रामा बढेको छ । यसबारे स्थानीय उपभोक्ताले पटकपटक गुनासो गर्दा पनि स्थानीय प्रशासन मौन रहँदै आएको छ ।

रौतहटमा करिब एक दर्जनभन्दा बढी ग्यास कम्पनीका डिलर रहेका छन् भने अधिकांश डिलरमा दैनिकरुपमा ग्यासको आपूर्ति पनि भइरहेको छ । तर उनीहरूले ग्यासको बिक्री वितरण पसलबाट नगरेर घर वा अन्य गोदामबाटै कालोबजारी गर्ने गरेका छन् ।

डिलरहरूले प्रतिसिलिण्डर दुई हजार रुपैयाँदेखि दुई हजार ५ सय रुपैयाँसम्म चर्को मूल्य लिने गरेको सर्वसाधारणले गुनासो गरेका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?