Comments Add Comment

अमिर खोज्दैछन् अनुष्का-विराटको सम्बन्धको जवाफ

anuska-and-aamir
बलिउडका कलाकार जब मिडियाको अघि पुग्छन्, उनीहरुलाई सिनेमाको भन्दा व्यक्तीगत बिषयका प्रश्नले नै हैरान बनाउँछ । हालै मात्र आफ्नो सिनेमा ‘पीके’को टिजर सार्वजनिक कार्यक्रममा पुगेकी नायिका अनुष्का शर्मालाई यस्तै आपत पर्‍यो ।

मिडियाले अनुष्कालाई क्रिकेटर विराट कोहलीसँगको प्रेम र विवाहको प्रश्न सोधेपछि अनुष्का हैरान बनिन् । उनले यस्तो प्रश्नको  उत्तर दिने यो सही समय नभएको बताइन् । व्यक्तीगत प्रश्नमा कुनै पनि जवाफ नदिएकी अनुष्कालाई नायक अमिर खानले सम्हाले । तर, अमिरले पनि अनुष्कासँग आफूले यही बिषयको जवाफ खोज्न चाहेको बताए ।

अमिरले मिडियालाई व्यक्तीगत प्रश्न सोधेर कसैलाई फाइदा नहुने जवाफ दिए । तर, घुमाउरो तबरले अमिर पनि अनुष्कासँग विराट कोहलीसँगको सम्बन्धको बिषय वुझ्न चाहन्थे । बजारमा यतिबेला नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीको विवाह हुन लागेको खबरले चर्चा पाइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment