Comments Add Comment

सिंहदरबारमा आज बाबुरामले केे के गरे ?

baburam-reading-news-paper
फाइल तस्वीर

११ कात्तिक, काडमाडौं । संवैधानिक-राजनीतिक संवाद तथा सहमति समितिका सभापति डा. बाबुराम भट्टराई मंगलबार बिहानैदेखि सिंहदरबारमा व्यस्त भए ।
डा. भट्टराईले मंगलबार बिहानै नेपाली कांग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौला, प्रदीप गिरी र पूर्णबहादुर खड्कासँग अलग-अलग छलफल गरेका छन् । कांग्रेस नेता शेरबहादुर देउवासँग भट्टराईले टेलिफोनबाटै कुराकानी गरे ।
त्यसैगरी नेकपा एमालेका सुरेन्द्र पाण्डे, एकीकृत नेकपा माओवादीका शक्तिबहादुर बस्नेत, मधेशी जनाधिकार फोरमका अध्यक्ष उपेन्द्र यादव, खम्वुवान मोर्चाका रामकुमार राईसँग पनि भट्टराईले छुट्टा-छुट्टै भेटघाट गर्न भ्याए ।
मंगलबार सम्वाद समिति बाहिरका सभासद प्रदीप गिरी, श्याम श्रेष्ठ, गगन थापालगायतलाई पनि सभापति भट्टराईले सिंहदरबारमा बोलाएका थिए ।

दुई दिन अनौपचारिक बैठक बस्ने
अबको दुई दिन अनौपचारिक छलफलद्वारा संविधान निर्माणमा सहमतिको प्रयास गर्ने बताएका छन् ।
मंगलबार सिंहदरबारमा आयोजित संवाद समितिको बैठकपछि सभापति भट्टराईले भने – ‘अब दुई दिन अनौपचारिक ढंगले सहमति निर्माण गर्ने प्रयत्न हामी गर्छौं, कात्तिक १४ र १५  गते औपचारिक बैठक बसेर १५ गतेसम्म सहमतिमा पुग्ने पूरै कोशिस गर्छौं ।’

अझै तीन दलवीच सहमतिको सम्भावना रहेको दाबी गर्दै भट्टराईले अन्तिमसम्म पनि सहमतिको प्रयत्न गरिने बताए ।
संविधानसभाले दिएको सहमतिको समयसीमा कात्तिक १५ गते सकिँदैछ । सोमबार सिंहदरबारमा बोलाइएको तीन दलको बैठकमा एमाले अनुपस्थित भएपछि डा. भट्टराईले मंगलबार अनौपचारिक बैठक डाकेका हुन् ।

मंगलबारको बैठकमा सभापति भट्टराईले अन्तिम सहमतिको प्रयत्न गर्नका लागि विधि र प्रक्रियामा के-के सुधार गर्नुपर्छ भनेर नेताहरुसँग सुझाव मागेका थिए । दुई दिनको अनौपचारिक बैठकमा संवाद समितिले पनि विभिन्न क्षेत्रका व्यक्तिसँग सुझाव माग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment