+
+
Shares

तिहारपछि सुनको भाउ ११ सय घट्यो

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक ११ गते १२:४३

११ कात्तिक, काठमाडौं । तिहारपछि पनि स्थानिय बजारमा सुनको भाउ ओरालो लाग्ने क्रम जारी रहेको छ । नेपाल सुनचाँदी Goldव्यवसायी महासंघका अनुसार तिहारपछि सुनको भाउ तोलामा ११ सय रुपैयाँले घटेको छ ।

कात्तिक ५ गते तोलाको ५२ हजार ७ सय रुपैयाँमा किनबेच भएको सुन ११ गते ५१ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ ।

तिहारपछि बजार खुल्दा सुनको भाउ तोलामा ७ रुपैयाँ घटेर किनबेच भएको थियो । १० गते स्थिर रहेर किनबेच भएको सुन ११ गते तोलामा ४ सय रुपैयाँ घटेर किनबेच हुन पुगेको हो ।

पछिल्ला दिनहरुमा सुनको भाउ ओरालो लागिरहेको छ । सुनको खरिद बिक्री बढी हुने दिपावलीमा समेत सुनको भाउ ओरालो लाग्यो ।

चाँदीको भाउ पनि ओरालो लाग्ने क्रम जारी रहेको छ । कात्तिक ५ गते तोलाको ७ सय ४५ रुपैयाँमा किनबेच भएको चाँदी ११ गते ४५ रुपैयाँ घट्दै ७ सय २० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?