१५ कात्तिक, काठमाडौ । गोरखा दरबार हेरचाह अड्डाका कर्मचारी र गोरखनाथ मन्दिरका पूजारीबीच भेटी लिने विषयमा विवाद बढेपछि गोरखनाथ मन्दिरमा रोट चढाउने काम रोकिएको छ । आन्तरिक विवाद बढ्दै गएपछि पूजारीले पूजापाठ नै बन्द गरेको नयाँ पत्रिकामा खबर छ ।
कर्मचारी पर्याप्त नहुँदा आफूहरुको कामको भार बढेको तथा दैनिक मन्दिरबाट पाउने भेटी नपाएको भन्दै पूजारीले रोट चढाउने काम बन्द गराएका हुन् । आफूहरुले पाउँदै आएको भेटी कर्मचारीले लैजान थालेको पूजारीको भनाई छ । विवादका कारण दुईदिनदेखि मन्दिरमा रोट पोल्ने काम नभएको एक कर्मचारीले बताए ।
गोरखनाथका पूजारी विश्वनाथका योगीले कर्मचारी नथपेसम्म आफूहरुले काम गर्न नसक्ने बताए । भक्तजनले चढाएको रोट बुझ्न र पकाउन चार जना कर्मचारीको दरबन्दी छ,’ पुरारी योगीले भने, ‘तर, अहिले काम गर्ने हामी दुई जना मात्र छौं ।’ भक्तजनको भीड अत्याधिक हुने तर कर्मचारी कम भएपछि बाध्य भएर सर्व काम बन्द गर्नुपरेको उनको भनाइ छ । रोटी पोल्न चाहिने दाउरालगायत सामग्री पनि सरकारले दिन छाडेको योगीले बताए ।