Comments Add Comment

किसान सम्मेलनमा यस्ता थिए किसानका गुनासा

१७ कात्तिक काठमाडौं । आइतबारदेखि राजधानीको पाँचतारे होटल याक एन्ड यतिमा सुरु भएको साना किसानहरुको सम्मेलन सोमबार सकिएको छ ।

सम्मेलनमा देशभरबाट सहभागि साना किसानले आफूहरुले भोगिरहेको पीडा पोखेका छन् । किसानहरुले कृषि क्षेत्रलाई राज्यले उपेक्षा गरेका कारण यो क्षेत्रको विकास हुन नसकेको बताएका छन् ।

राज्यले घोषणा गरेका कार्यक्रमहरु कार्यान्वयनमा नआएको र कतिपय विषयन नसमेटिएको उनीहरुको गुनासो छ । सम्मेलनले कृषको हकति तथा विकासका करिव दुई दजर्न मुद्धाहरु उठाई घोषणापत्र जारी गरेको छ ।

तर, किसानहरुले घोषणापत्रमा अग्र्यानिक बाली, बाली बीमा, कृषि सडक निर्माण, बिग्रेको माटो सुधार्ने ठोस योजना, गाउँ-गाउँमा सहकारी पसल खोल्न राज्यले अनुदान दिनुपर्ने, एउटा गाविसमा एउटा महिला सहकारी स्थापना गर्नुपर्ने, सरकारले समयमै मूल्य निर्धारण गरेर किसानले उत्पादन गरेको वस्तु खरिद गरि भण्डारण गर्नुपर्ने र भू-उपयोग नीतिका विषयमा केही नबोलिएको भन्दै गुनासो गरेका छन् ।

उनीहरुले अहिलेको मूख्य समस्या भनेको भण्डारण, कृषि सडक र पुँजी भएको बताएका थिए ।

यस्तो छ घोषणापत्र

·  साना किसान कृषि सहकारी संस्था लि. र यस्तै प्रकृतिका अन्य संस्थाहरूले विपन्न र सीमान्तकृत समुदायसम्म वित्तीय सेवाको पहुँच विस्तार गरी गरिवी न्यूनीकरण र सामाजिक पुँजी निर्माणको बृहत् लक्ष्यका लागि एकीकृत प्रयास गर्ने ।

· संस्थाको व्यवस्थापन, निर्णय पक्रिया र सदस्य परिवारको आर्थिक सामाजिक विकासमा महिला, युवा तथा सीमान्तकृत समुदायका व्यक्तिहरूको सहभागितामा अभिवृद्धि गर्ने ।

· संस्थाका सदस्यहरूको सूचना नियमित संकलन गर्ने र सामाजिक तथा आर्थिक समावेशिता पहिचानका लागि त्यस्ता संकलित तथ्याङ्कको विश्लेषण गरी कार्यान्वयन गर्ने ।

· सरकार, राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका दातृ संघ/ संस्था, बैंक तथा वित्तीय संस्थाहरू  र विकास साझेदारहरू  विच सम्पर्क तथा समन्वय विस्तार गरी, विपन्न वर्गलाई विभिन्न उद्यम व्यवसाय, पूर्वाधार निर्माण, मूल्य श्रृङ्खला प्रवर्द्धन र दिगो सम्वृद्धिका लागि आवश्यक लगानी बृद्धि गर्न उपयुक्त वातावरण सिर्जना गरी सदस्यहरूको समावेशी आर्थिक वृद्धिको अवसर सिर्जना गर्ने ।

· दुग्ध तथा मासुजन्य पदार्थको आयात प्रतिस्थापन र निर्यात प्रवर्धन गर्न व्यवसायिक पशुपालन कार्यलाई प्रोत्साहन गर्ने ।

· साना किसानद्वारा उत्पादित कृषिजन्य वस्तुको वजारीकरण र त्यस्ता वस्तुको मूल्य अभिवृद्धिमा सहयोग पुर्‍याउन केन्द्रीयस्तरमा थोक वजार स्थापन गर्न सहजीकरण गर्ने ।

· साना किसान सदस्यहरू को चाहना र सहकारी मूल्य र सिद्धान्त अनुरूप साना किसान सहकारी संस्था संचालन गर्न देश भित्रका तथा अन्य बाहृय देशमा देखिएका असल अभ्यासहरूको पहिचान तथा अभिलेख संकलन गरी त्यस्ता अभ्यासहरूको अनुसरण गर्ने ।

· साना किसान कृषि सहकारी संस्थाहरूलाई सक्षम र सबल रूपले संचालन गर्न सेवा नपाएको वा अपेक्षित सेवा लिन नसकेको व्यक्तिलाई गुणस्तरीय र समयमै सेवा दिने सक्षम जनशक्ति विकासका लागि केन्दि्रय स्तरमा तालिम केन्द्रको स्थापना गर्ने ।

· सूचना आदान प्रदान एवं अनुगमनका लागि सरोकारवाला संस्थाहरू  बिच कम्प्यूटरीकृत डाटावेस स्थापना गरी अद्यावधिक गर्ने व्यवस्था मिलाउने ।

· संस्थाहरूले आफ्ना सदस्यहरूमा कुशल एवं प्रभावकारी सेवा प्रदान गरी यसको दिगोपना, विस्तार र अनुसरणका लागि प्रभावकारी सुशासनको सुनिश्चितता गर्ने ।

· विपन्न तथा साना किसान परिवारका सदस्यहरूको जीवन, सम्पत्ति, व्यवसाय आदिका जोखिमलाई न्यूनीकरण गर्न साना किसान विकास बैंक, नेपाल कृषि सहकारी केन्द्रीय संघ, साना किसान सहकारी संस्था तथा अन्य सरोकारवालाको स्वामित्वमा सहकारी विमा कम्पनी स्थापना गर्ने ।

· आधुनिक सूचना प्रणालीको उपयोग गरी लघुवित्त सेवाको पहुँच बढाउने ।

·  साना किसान विकास अभियानलाई अझै सशक्त र प्रभावकारी रूपमा संचालन एवं विस्तार गर्न आवश्यक आचार संहिता लागु गर्ने ।

· साना किसानका परिवर्तित आवश्यकता पूर्ति गर्न उत्पादन तथा सेवाहरूलाई बजारमुखी ढङ्गबाट विकास एवं विविधीकरण गर्ने ।

· नवीकरणीय तथा स्वच्छ उर्जा उत्पादन गर्ने उपकरणहरूको प्रवर्द्धन गर्ने र प्रत्येक साना किसान परिवारको घरमा नवीकरणीय उर्जा उत्पादन गर्ने उपकरण जडानका लागि प्रोत्साहन गर्ने ।

· संस्था तथा सदस्य दुवैको हित संरक्षण गर्न ग्राहक सुरक्षा सिद्धान्त र सामाजिक कार्य सम्पादन मापनको पद्धति क्रमशः प्रयोगमा ल्याउने ।

· साना किसान विकास अभियानको प्रवर्द्धनका लागि सरोकारवालासँग छलफल गरी यसको दूरदृष्टि, रणनीति र कार्ययोजना तर्जुमा गर्ने ।

· यस सम्मेलनको लक्ष्य प्राप्तिका लागि लघुवित्त सम्मेलन, नेपाल वचत तथा ऋण सहकारी संस्थाहरू को सम्मेलन, अन्तराष्ट्रिय लघु कर्जा सम्मेलनसँग हातेमालो गर्ने ।

· साना किसान विकास अभियानको सम्बन्धमा चेतना अभिवृद्धि गर्न, उपयुक्त वातावरण सिर्जना र कार्ययोजनाको सफल कार्यान्वयनमा योगदान पुर्‍याउन आमसञ्चार माध्यमसँग सहकार्य गर्ने ।

अतः यो सम्मेलन देहाय अनुसार अनुरोध गर्दछ ।

·  नेपाल सरकार अर्थ मन्त्रालयसँग साना किसान कृषि सहकारी संस्थाहरूको नमूना देशभर अनुसरण तथा विस्तार गर्न त्यस्ता संस्थाहरूको क्षमता अभिबृद्धि गर्न, साना किसान सहकारी संस्थाका कार्यहरूको अध्ययन अनुसन्धान गर्न आवश्यक वित्तीय तथा अन्य सहयोगको अनुरोध गर्ने ।

·  अर्थ मन्त्रालय तथा राष्ट्रिय योजना आयोगले देश भित्र नै सिर्जित गरिव र विपन्नमा सामाजिक र आर्थिक क्रियाकलाय संचालन गरी गरिवी न्यूनीकरणका लागि सशक्त माध्यमको रूपमा संचालित साना किसान सहकारी अभियानको पद्धतिलाई राष्ट्रिय कार्यक्रमको रुपमा संचालन गर्न नीतिगत व्यवस्था गर्ने ।

· व्यवसायिक कृषिका लागि साना किसान विकास अभियानको प्रक्रियागत पद्धतिलाई कृषि मन्त्रालयबाट नीतिगत रूपमा अङ्गीकार गर्ने ।

· सहकारी तथा गरिवी निवारण मन्त्रालय र सहकारी विभागबाट सहकारी क्षेत्रको विकासका लागि विद्यमान सहकारी ऐन नियम तथा नियमनमा आवश्यकता अनुरूप परिमार्जन गरी सहकारी क्षेत्र विकास मैत्री नीति नियमको तर्जुमा गर्ने ।

· नेपाल सरकार एवं नेपाल राष्ट्र बैंकबाट साना किसान विकास बैंकमा आबद्ध संस्थाहरूको निरीक्षण तथा अनुगमनीय अधिकार साना किसान विकास बैंकलाई प्रत्यायोजन गरी सोको लागि आवश्यक कोषको व्यवस्था गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment