+

पाकिस्तानले २० वर्षपछि अष्ट्रेलियाविरुद्ध टेष्ट सिरिज जित्यो

२०७१ कात्तिक  १७ गते १७:५० २०७१ कात्तिक १७ गते १७:५०
पाकिस्तानले २० वर्षपछि अष्ट्रेलियाविरुद्ध टेष्ट सिरिज जित्यो

Pakistan

१७ कात्तिक, काठमाडौं । पाकिस्तानले २० वर्षपछि अष्ट्रेलियाविरुद्ध टेष्ट क्रिकेट सिरिज जितेको छ । जितसँगै पाकिस्तान टेष्ट र्‍याङ्किङमा तेस्रो स्थानमा समेत उक्लिएको छ ।

दोस्रो तथा अन्तिम टेष्टको अन्तिम दिन ४ विकेटको क्षतिमा बनाएको १४३ रनबाट खेल्न गालेको अष्ट्रेलिया २४६ मा अलआउट भयो ।

पाकिस्तानका स्पिजर जुल्पिmकर बाबर दोस्रो पारीमा पनि अष्ट्रेलियाली व्याट्सम्यानहरुमाथि हावी भए । उनले १२० रन दिएर ५ विकेट लिए । यासिर साहले ३ तथा मोहम्मद हफिजले दुई विकेट लिए ।

यसअघि पाकिस्तानले ६ विकेटको क्षतिमा ५७० रन बनाएर पहिलो पारी समाप्तीको घोषणा गरेको थियो भने अष्टे्रलिया २६१ रनमा अलआउट भयो ।

दोस्रो पारीमा पनि पाकिस्तानी व्याट्सम्यानका सामू अष्ट्रेलियाका बलरहरु चल्न सकेनन् । पाकिस्तानले तीन विकेटको क्षतिमा २९३ रन बनाएको पारी समाप्तीको घोषणा गरेको थियो ।

पहिलो टेष्ट पाकिस्तानले २२१ रनले जितेको थियो ।

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय