Comments Add Comment

सार्क सम्मेलन र क्रिकेट सम्बन्धको सम्भावना

सञ्जय प्रशन्न धरेल

Saarcसार्क मुलुकहरुको एउटै एजेण्डा आपसी समस्या हल गर्नु र गहिरो सम्बन्ध बढाउनु नै मुख्य  लक्ष्य हुने गर्छ । नोभेम्बरमा हुन गइरहेको सार्क शिखर सम्मेलनमा उठ्ने कुरा यिनै हुन् । आपसी पर्यटन र पर्यटक भित्राउने तथा बढाउने त प्रमुख एजेण्डामा पर्ने गर्छ । नेपालका लागि पनि खेल मार्फत सम्बन्ध विस्तार, एकता र कृतज्ञता  कायम गर्नुु पनि राष्ट्रिय एजेण्डा बन्नु पर्छ ।

नेपाली क्रिकेटले जुन सफलता हात पार्दै एकपछि अर्को उपलब्धी हासिल गर्दै गएको छ, नेपालीहरु छुट्टै गर्वको महसुस गर्न थालेका छन् । विदेशी खेलाडीको रौनकतामा कम आउनुका साथै स्वदेशी क्रिकेट खेलाडीको फलोसीप चुलिएर गएको छ । खुशीका नायक बनेका छन् ।

प्राइभेट सेक्टरले पनि खेलाडीहरु अनुबन्ध गर्न थालेका छन् । तर पनि नेपाली क्रिकेटमा समस्या विद्धमान छ । अन्तराष्ट्रिय स्तरको सुविधा सम्पन्न स्टेडियम नहुनु, घरेलु क्रिकेटको अवस्था कमजोर हुनु, खेलाडीहरुले क्रिकेट प्रशासनबाट समयमै साथ नपाउनु समस्याका चंगुलबाट निस्केका केही उदाहरण हुन् तर सफलता सगरमाथातिर उकालो लाग्दो सरहको छ । त्यसैले पनि जे अहिले छ, त्यसमा बढावाको आवश्यकता छ ।

नेपाल आफैंमा गरिब मुलुक हो तर प्रकृतिले न्याय गरेको छ । हामी त्यस्तो भूभागमा छौं, जहाँ खेल पर्यटन क्रिकेटबाट उठाउन सहज छ । जुन सहकार्यबाट संभव छ । भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका विश्वक्रिकेटका शक्तिशाली देशभित्र पर्दछन् | खुशीको कुरा त यि सबै देश सार्कभित्रै पर्दछन् | नेपाली क्रिकेटका लागि यो आशाको केन्द्र पनि हो जहाँ भूलोक नीति कुटनीति र आग्रहबाट संभव छ, सहकार्य संभव छ । भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाजस्ता टिमको राष्ट्रिय या घरेलु लीगमा सहभागिता हुने, आपसी टुर्नामेन्ट गराउने, आईसीसीमा समर्थन बढाउनाले पनि मद्दत पुग्दछ साथै स्वदेशमा पनि घरेलु क्रिकेट बढेर जानेमा कुनै शंका छैन | साथै आपसी सम्बन्धमा नि विस्तार हुनेछ | जसरी आज श्रीलंकालाई नेपाली जनता मुरी मुरी धन्यवाद दिंदैछन् ।

खेलसँग देशको समृद्धि पनि गाँसिएका हुन्छ । झन् हाम्रो छेत्रतिर त पुरै क्रिकेटको माहोल छ । विदेशी खेलाडीले उठाएको टुथपेस्ट प्रयोग गर्नु र आफ्नै खेलाडीले उठाएको प्रयोग गर्नुमा केही फरक छ । उनीहरु देशविदेशका लागि ‘आईकन’ बन्नु समृद्धिको अर्को पाटो हो । अझ ढक्क छाती फुलाएर …नेपाल नेपाल गरेर कराउनुमा जति आनन्द के होला र ! जीतमा झण्डा फरफराउनुको गर्व वेग्लै छ । खेल मनोरन्जनका रुपमा बाहिर पैसा जान कम हुनु पनि देशको सफलता हो । जनताको इच्छा पुरा हुनु झनै ठूलो सफलता । काठमाडौ रंगिए जस्तै दीर्घकालिनरुपमै जनताको माग नयाँ कदमले रंगियोस् । आश हामी जनताको सरकारबाटै हो ।

नोभेम्बरमा हुने सार्क सम्मेलनमा क्रिकेट सम्बन्ध र पर्यटन उठाउन सके नयाँ आयाम आउनेमा एउटा देशप्रेमी खेलप्रेमीले देखेको सहकार्यको र समृद्धिको बाटो हो र उठाउनु पर्छ भन्ने लाग्छ । यो अवसर खेर नजाओस् । जुन लहर छ एकताको, त्यो सरकारी स्तरबाट पनि नीतिगतरुपमै अरु देशका क्रिकेट बोर्डसँग घनिभूत सम्बन्ध विस्तार होस्, यो नै हाम्राका लागि उपयोगी बाटो हुन सक्छ, प्रकृतिले दिएको भूगोलको उपयोग हुन सक्छ । जय देश !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment