+
+
Shares

चिनियाँ टोली र निगमबीच सहयोगका विषयमा छलफल

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक १८ गते १८:०६

NAC-and-Chiniya-Compuny

१८ कात्तिक, काठमाडौं । चीनको विमान निर्माता कम्पनी कमर्सियल एयरक्राफ्ट कर्पोरेशन अफ चाइना (कोम्याक)का प्रतिनिधिमण्डल र नेपाल वायुसेवा निगमका पदाधिकारीबीच पारस्परिक सहयोगका बारेमा छलफल भएको छ ।

सो अवसरमा निगमका महाप्रबन्धक मदन खरेलले नेपाललाई चीनबाट प्राप्त विमानका लागि आभार व्यक्त गर्दै भविष्यमा पनि पारस्परिक सहयोगको क्षेत्र विस्तार हुँदै जाने बताए ।

कोम्याकका अध्यक्ष जीनले नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको बताउँदै नेपाललाई चिनियाँ विमान उपलब्ध गराउन पाएकोमा प्रसन्नता व्यक्त गरे ।

कोम्याकले चीनमा ३ प्रकारका जेट इन्जीनयुक्त विमानहरु निर्माण गर्दै आइरहेको छ । उक्त विमानहरुमा सबभन्दा सानोमा ६८ सीट देखि ठूलोमा २९० सीट क्षमता रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?