Comments Add Comment

अबैध सम्बधबाट जन्मिएको बच्चाको हत्या गर्ने पक्राउ

१८ कात्तिक, भोजपुर । आफ्नो नवजात शिशुको हत्याको आरोपमा भोजपुरको ठुलोदूममा ९ बस्ने शान्ती राईलाई प्रहरीले पक्राउ गरेको छ ।

राईको स्थानीय एक युवकसँग अनैतिक सम्बन्धबाट जन्मिएको बच्चालाई उनले हत्या गरेकी हुन् । गत गत ५ गते घर छेउको बारीमा गएर बच्चा जन्माएको र सोहि ठाँउमा ढुङ्गले किचेर मारेको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न गएको हो ।

राईको बच्चाको हत्या गरेको स्वीकार गरेकी छिन् । बच्चाको शव भेटिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।

राईलाई कर्तव्य जान अन्र्तगत मुद्धा चलाउन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यलय भोजपुरले जनाएको छ ।

उमेश अधिकारीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment