Comments Add Comment

सलोन र करिष्मा भेडीगोठमा मस्ती गर्दै

salon-karishma copyकाठमाडौं । आफ्नै बुबा सोभित बस्नेतको निर्देशन रहेको चलचित्र ‘झिल्के’ मा नायकको भुमिका निर्वाह गरेका सलोन बस्नेत सोही चलचित्रकी नायिका करिष्मा श्रेष्ठसँग मस्ती गर्न भेडीगोठ पुगेका छन् ।

‘हो अहिले सलोन र करिष्मा लम्जुङको घलेगाउँमा रहेको भेडीगोठमा मस्ती गरिरहेका छन्’ निर्देशक सोभित बस्नेतले भने ।
चलचित्र झिल्केको सुटिङ अन्तिम चरणमा पुगेको जानकारी दिँदै निर्देशक बस्नेतले पहाडी गाउँमा हिरो-हिरोइनले मस्ति गरेको देखाउनुपर्ने भएकाले घले गाउँ पुगेको बताए ।

मंगलवार घलेगाउँ पुगेका बस्नेत एकसाताको सुटिङपछि काठमाडौ फर्किने योजनामा छन् । यस चलचित्रमा सलोन र करिष्माको अतिरिक्त गौरी मल्ल, बिजय लामा, भानु प्रताप, कबिता घिसिङ लगायतका कलाकारले अभिनय गरेका छन् ।

जवानीको विशेष ख्याल गर्ने युवा पुस्ताको कथामा बनेको भनिएको फिल्ममा सलोन र करिष्मा जवानीलाई विशेष ध्यान दिने पात्रको रुपमा चिनिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment