बेल्जियम । बिगत लामो समयदेखि बिरामी भइ उपचार गराउदै आएकी फोक्सोकी विरामी बिमला बिकलाई नवलपरासी सहायता समाज बेल्जियमले आर्थिक सहयोग प्रदान गरेको छ ।
प्राकृतिक चिकित्सालय रजहरको उद्घघाटन गर्न आएका प्रधानमन्त्री सुशील कोइराला मार्फत बेल्जियम समाजले एक कार्यक्रमकाबीच आर्थिक सहयोग रकम हस्तान्तरण गरेको हो ।
नवलपरासी, रजहर स्थाई घर भएकी बर्ष २२ की बिकलार्इ लामो समयदेखि फोक्सोमा समस्या देखिदै आएको थियो । उनको आर्थिक अवस्था ज्यादै कमजोर भएका कारण उपचारमा प्रक्रिया अगाडी बढाउनमा ज्यादै समस्या आएको थियो ।
चिकित्सकले उनको फोक्सोको शल्यक्रिया गर्नुपर्ने भएको बताए पनि आर्थिक रकम जुटाउन नसकेका कारण शल्यक्रिया हुन सकेको थिएन । उनी लगायत उनका बाबु-आमा तथा जिल्लामा रहेका अन्य संघ-सस्थाहरुले सहयोगकोलागि अपील गरेबमोजिम उनको जीवन बचाउन नवलपरासी सहायता समाज बेल्जियमले बेल्जियममा रहेका नेपालीहरुद्वारा सहयोग संकलन गरि आर्थिकसहयोग स्वरूप पचास हजार रूपैंयाँ उपलब्ध गराएको थियो ।
हाल उनको उपचार काठमाण्डौको त्रिवि शिक्षण अस्पतालमा भइरहेको र शल्यक्रियाकोलागिसमेत प्रवन्ध मिलाईएको परिवारले जनाएको छ । नवलपरासी सहायता समाज बेल्जियमले पछिल्ला समयमा जिल्लाको स्वास्थ्य क्षेत्रमा सहयोग पुर्र्याउने क्रममा डण्डामा अवस्थित मध्य बिन्दु सामुदायिक अस्पताललाई सोलार प्यानल समेत उपलब्ध गराउनुका साथै बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति आर्थिक सहयोग समेत दिदै अएको संस्थाका अध्यक्ष रमेश सापकोटाले बताए ।
यसैगरि जिल्ला मा न्यून आय भएका जटिल प्रकृतिका बिरामी हरुलाई उपचारमा समेत सहयोग गरेको थियो । जिल्ला तथा क्षेत्रले गर्ने रक्तदान जस्तो परोपकारी कार्यमा पनि सहयोग समेत उपलब्ध गराउदै आएको बताएको छ । जिल्लामा बिशेषगरि शिक्षा क्षेत्रमा गरीव जेन्दार तथा निमुखा परिवारका बालबालिकालाई उचित शिक्षा प्रदान गर्नमा सहयोग योजना समेत आगाडी बढाउन लागेको सापकोटाले बताए ।
बिष्णु सापकोटाबाट
प्रतिक्रिया 4