Comments Add Comment

८ बर्षका छोराका लागि बाबुको दौडधुप

 

ashisma-nakarmi
अरुको चलचित्रमा मात्र काम गरेका नायक गजित बिष्टलाई अहिले धौ-धौ परेको छ । ८ बर्षका छोरा सौगात बिष्टलाई निर्देशक बनाएपछि गजितको दौडधुप निक्कै बढेको हो । ८ बर्षका सौगातले निर्देशन गरेको ‘लभ यू बाबा’ नामक चलचित्र मंसिर २६ गतेबाट प्रदर्शनमा आउँदैछ ।

चलचित्र प्रदर्शनको लागि त गजितको दौडधुप छ नै अर्कोतिर छोराको नाम ‘गिनिज बुक अफ द वल्र्ड रेकड्स’मा लेखाउनका लागि तयारी पनि गरिरहेका छन् उनी । चलचित्रको पर्दामा त गजितले छोरीका लागि एक बाबुले गर्ने कर्तव्य दर्शकलाई देखाउँदैछन् । तर, वास्तविक जीवनमा उनी एक छोराका लागि बाबुको कर्तव्य निर्वाहा गर्दैछन् ।nisma-ghimire
छोराको नाम ‘गिनिज बुक अफ द वल्र्ड रेकर्ड’मा लेखाउन सकेमा यो सबैभन्दा खुशीको दिन हुने उनको तर्क छ । संझना पोख्रेलको निर्माणमा तयार भएको यो चलचित्रमा संगम बिष्ट, गजित बिष्ट, निष्मा घिमिरे, अशिष्मा नकर्मी लगायतका कलाकारको अभिनय छ । चलचित्रले आमाबिहिन एक बालिकालाई बाबुले दिने मायाको कथा बोल्छ । ashisma-crying

 gajit-bista-family

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment