Comments Add Comment

खुमबहादुरले भने-कमल थापासँग कुरा मिल्दैन

khum-and-kamal
२० कात्तिक, काठमाडौं । नेपाललाई हिन्दु राष्ट्र घोषणा गर्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका कांग्रेस नेता खुमबहादुर खड्काले एउटै आन्दोलनको नेतृत्व गर्दै आएका राप्रपा नेपालका अध्यक्ष कमल थापासँग कुरा नमिल्ने बताएका छन् ।

नयाँ पत्रिकासँगको कुराकानीमा खड्काले भने-‘बिहीबार पार्टीका साथिहरुलाई बोलाएका छौं । विधिवत रुपमा नयाँ समिति बन्छ । सबै पार्टीका लाइकमाइन्डेड साथीहरुलाई स्वागत गछौं । पशुपतिशमशेर, लोकेन्द्रबहादुर चन्द, राजेश्वर देवकोटाजीले हाम्रै एजेनडाका बारेमा बोल्नु भएको छ । तर, कमल थापासँग कुरा मिल्दैन । थापाजीहरुले राजासहितको हिन्दू राष्ट्र भन्नुभएकोछ, हामीले गणतान्त्रिक हिन्दू राष्ट्र भनेका छौं । जोसँग विचार मिल्छ सबैलाई समेटेर शान्तिपूर्ण आन्दोलन गछौं ।’

खड्काले संविधानसभाबाट जर्बजस्ती धर्मनिरपेक्षता पास भएपछि आफुहरुले पार्टीबाट विरोध गरेको बताएका छन् । उनले भने-‘यसको विरोध हामीले गरिरहेका छौं, पार्टीभित्र र बाहिर बहस जारी छ । पहिले संविधान बन्ने छाँट नदेखिएर आन्दोलन नगरिएको हो । अब संविधान बन्ला जस्तो छ त्यसैले दबाब स्वरुप यो आन्दोलनको थालनी गरिएको हो । उनले कम्युनिस्टहरुले जातीयताका कुरा गर्न नमिल्ने पनि बताए । खड्काले भने -‘कम्युनिस्ट हुँ भन्नेहरुले जातीयताको कुरा गर्न मिल्छ ? देशमा जातीय आधारमा ससाना संघ बनाएर त्यहाँका जनतालाई थोरै पैसामा किन्ने र आफ्नो हैकम चलाउने मनस्थिति भएकाहरु अहिले सक्रिय भएका छन् । यो कुरा नेपाली जनताले बुझ्नु जरुरी छ ।

भारतीय पक्षको सहयोग चाहिने भन्दै खड्काले आफू अभियानलाई सहयोग माग्न भारत गएको नभई स्वास्थ्य उपचारको लागि भएको बताए । यद्यपी हिन्दु राष्ट्र नेपाल कायम गर्न भारतको सहयोग चाहिने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment