काठमाडौ । महिला निर्देशक दीपा बस्नेत निर्देशित फिल्म ‘श्री ५ अम्बरे’ ले शहरमा चर्चा पाइरहेका बेला अर्की महिला निर्देशक लक्षु गौतम फिल्मको सम्पादनमा ब्यस्त छिन् ।
‘तँ म र उ’ नाम राखिएको यस फिल्ममा सुदिन प्रसाई, नीता ढुँगाना, दिनेश डिसी, प्रभाकर श्रेष्ठ, अन्जना आरसी, पुणिर्मा क्षेत्री लगायत बाल कलाकारहरु राजेन्द्र बस्नेत, रोजिना अधिकारी आदी रहेका छन् । फिल्मको सुटिङ जोमसोम, कागबेनी, मुक्तिनाथ र काठमाडौका रमणीय स्थानमा गरिएको छ ।
राष्ट्रिय स्तरकी फुटबल खेलाडी समेत रहेकी लक्षुसँग रंगमञ्चमा काम गरेको अनुभव पनि छ । फिल्ममा तन्नेरी पुस्ताका भावनालाई स्थापित गरेको दाबी गर्ने लक्षुले आफ्नो फिल्म हेरेर दर्शकले मनोरञ्जन पाउने बताइन् ।
नवराज प्रसाईको निर्माणमा सुदिन प्रसाईको लेखन रहेको यस चलचित्रको छायंकन शम्भु सापकोटाले गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4