+
+
Shares

‘बहादुर बहिनी’ हेर्दा आँशु बरर

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २० गते ७:२५

 badhur

मन्थली । माओवादीको सशस्त्र द्वन्द्वबाट मध्यहाडी जिल्ला रामेछाप पनि अछुतो रहेन । कतिले प्रियजन गुमाए, कतिले अभिभावक गुमाए त कतिले बढुेसकालको सहारा । तत्कालिन राज्य र विद्रोही माओवादीको चेपुवामा परेका रामेछापबासीहरु अहिले पनि द्वन्द्वको कहालीलाग्दो विम्वलाई स्मरण गरिरहेका छन् । द्वन्द्वलाई नजिकबाट हरेका रामेछापवासीले विगत द्वन्द्वको आतताती घटना हेर्दा बुधबार आफूलाई सम्हाल्न सकेनन् ।

जिल्ला विकास समिति रामेछापको सभाहलमा बुधबार बिहान वृत्तचित्र ‘बहादुर बहिनी’को प्रदर्शनी कार्यक्रममा मन्थलीबासी पटकपटक रोए । आँशु मिश्रित स्वरमा सावित्री श्रेष्ठको पीडा र संघर्षलाई मर्मस्पर्सी स्वर हेरिरहँदा जिविसको खचाखच हल स्तब्ध थियो । ‘मैले आफूलाई सम्हाल्नै सकिन्, तीनपटकसम्म रोएँ,’ वृत्तचित्र हेरेपछि रामेछाप उद्योग वाणिज्य संघका महासचिव जगन्नाथ दाहालले भने । सावित्रीको छिमेकी समेत रहेका दाहालले दोषीमाथि कडा कारबाही गर्न माग गरे ।

रामेछापकी महिला नेतृ शान्तादेवी पौडेलले डकुमेन्ट्री हरेपछि आफ्नो मनमा क्रोध उत्पन्न भएको बताइन् । पटकपटक आँशु झारेकी उनले आफ्ना दाजुभाईको हत्यारालाई कारबाही गर्न सावित्रीले खेलेको भूमिकाको प्रशंसा गरिन् ।

bahadur1

नेपाल बार एसोशिएसन रामेछापका महासचिव झम्क पौडेलले द्वन्द्वकालका जघन्य मानवअधिकार उल्लंघनका घटनामा संलग्न सबैलाई कारबाही गर्न माग गरे । उनको भनाइलाई रामेछापका स्थानीय विकास अधिकारी टेकराज निरौला, एमाले अध्यक्ष शान्तिप्रसाद पौडेल, काँग्रेस सभापति झपटराज भण्डारीले ऐक्यबद्धता जनाए । उज्जनकुमारको हत्यामा संलग्न एमाओवादी नेता बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद सुनाएपनि राजनीतिक आडमा उनलाई उन्मुक्ति दिइएकोमा धेरैको आक्रोश थियो।

पत्रकार गणेश पाण्डे निर्देशित वृत्तचित्र ‘बहादुर बहिनी’ पहिलोपटक रामेछाप सदरमुकाम मन्थलीमा प्रदर्शन गरिएको हो । ‘विगतको सशस्त्र द्वन्द्व नेपाली नागरिकका लागि अति नै कष्टकर थियो,’ डकुमेन्ट्री प्रदर्शनपछि स्थानीय महिला नेतृ सकुना कार्कीले भनिन्— ‘अब नेपालीहरुले यस्ता द्वन्द्वको कल्पना कहिल्यै गर्न नपरोस ।’

४० मिनेटको यो डकुमेन्ट्रीमा अन्तरजातीय विहेकै कारण उज्जनकुमार श्रेष्ठलाई गुमाएपछि परिवारले भोगेको संघर्ष, भाइका हत्यारालाई कारबाही गर्न जाहेरी दिएका गणेशकुमार श्रेष्ठको रामेछापमा हत्या, आफ्नै आँखा अगाडि बाबुको होली हानेर मारेको देखेकी गणेशकी छोरी रचनाको रहस्यमय आत्महत्या, मिडिया र अधिकारकर्मीको सडक संघर्ष, प्रधानमन्त्रीदेखि राष्ट्रपतिसम्मका शरण, न्यायको लडाईंदेखि कैदीदेखि कन्ट्याक्ट किलरसम्मका तारन्तारको धम्कीलाई पर्दामा उतारिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?