Comments Add Comment

चितुवाको छालासहित तीन पक्राउ

२० कात्तिक, नुवाकोट । नुवाकोटको नर्जामण्डप गाँउ विकास समितिको वडा नम्बर ५ बाट प्रहरीले चितुवाको छाला सहित तीन जनालाई पक्राउ गरेको छ ।
अपराध अनुसन्धान महाशाखा काठमाडौबाट आएको प्रहरीको टोलीले नर्जामण्डप गाविसको वडा नम्बर ५ मा लुकाई राखेको अबस्थामा एक थान चितुवाको छाला सहित तीन जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरी टोलीले नुवाकोटको रालुकादेवी गाविसको वडा नम्बर ५ का गोविन्द अधिकारी, रालुकादेवी गाविस वडा नम्बर ५ का दीपक कार्की र रसुवाको सरमथली गाविस वडा नम्बर ४ का कुमार तामाङलाई नियन्त्रणमा लिएको छ ।
उनीहरुलाई नर्जामण्डको एक घरमा कारोबार गर्नको लागि चितुवाको छाला लुकाएर राखेको अबस्थामा काठमाडौबाट आएको प्रहरीको अपराध अनुसन्धान महाशाखाको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका मध्ये रालुकादेवी गाविसको वडा नम्बर ५ का गोविन्द अधिकारीलाई अनुसन्धानको लागि काठमाडौ लगिसकेको छ ।
उनीहरु लामो समयदेखि बन्यजन्तुको अबैध कारोबारीमा संलग्न हुदै आएको अहिले पनि बन्यजन्तु कारोबारीको लागि योजना बनाइरहेको अबस्थमा प्रहरी टोलीले पक्राउ गर्न सफल भएको हो । पछिल्लो समय प्रहरीको निगरानी बढ्दै गइरहेको समयमा अपराधीहरु पनि सक्रिय हुदै आएका छन् । चितुवालाई सरकारले संरक्षित बन्य जन्तुको रुपमा सिकार गर्न तथा कारोबार गर्न बन्देज लगाएको छ । यही साता सुन्दरादेवीबाट ईलाका प्रहरी कार्यालय खरानीटारले रेडपण्डाको छाला बरामद गरेको थियो भने रेडपण्डको छाला सहित नुवाकोटका दुई समूह गएको साता काठमाडौमा पक्राउ परेका थिए ।
कपिलदेव खनालबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment