Comments Add Comment

दाङका बाढीपीडितलाई ३ करोड ३३ लाख वितरण

निमुसंगम घर्ती
२० कात्तिक, दाङ । दाङका बाढीपीडितलाई तीन करोड ३३ लाख रुपैयाँ राहत वितरण गरिएको छ । सरकारी र गैरसरकारी क्षेत्रबाट बाढी पीडितलाई अहिलेसम्म नगद ३ करोड ३३ लाख ४४ हजार रुपैयाँ वितरण गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जानकारी दिएको छ ।

गृहमन्त्रालयबाट प्राप्त २ करोड ८० लाख ६१ हजार रुपैयाँ र स्थानिय स्तरमा जम्मा भएको ५२ लाख ८३ हजार रुपैयाँ पिडितहरुलाई वितरण गरिएको हो । पूर्णरुपमा क्षतिग्रस्त भएका घरलाई २४ लाख ३० हजार, आंशिक क्षति भएकालाई ३३ हजार रुपैयाँ बितरण गरिएको प्रशासनका लेखापाल बालचन्द्र गौतमले जानकारी दिए ।

जिल्लाका २ हजार ४१ जना बाढी पिडितलाई ७ लाख १४ हजार ३ सय ५० रुपैयाँ बराबरको खाद्यान्न प्रदान गरिएको गौतमले बताए । त्यसै गरी प्रतिव्यक्ति ५ सय रुपैयाँका दरले २ हजार ४१ जना पिडितलाई १० लाख २० हजार ५ सय रुपैयाँ पनि दिइएको प्रशासनले जनाएको छ । मृतकका परिवारलाई १३ लाख २० हजार, बेपत्ता परिवारलाई १ लाख २० हजार, चाडपर्व बाफत ११ लाख ४६ हजार रुपैयाँ पिडितहरुलाई प्रदान गरिएको छ ।

यस्तै १ हजार ९ सय ५१ जनालाई चाडपर्वमा खाद्यान्न बाफत २९ लाख २६ हजार ५ सय रुपैयाँ प्रदान गरिएको छ । गत साउन अन्तिम साता आएको बाढीका कारण करिब एक दर्जन गाबिसमा मानविय र भौतीक क्षति पुर्‍याएको थियो । यसैविच बाढी पिडित राहतकोषमा अहिले सम्म ५१ लाख ८८ हजार ६ सय २० रुपैयाँ जम्मा भएको प्रशासनले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment