Comments Add Comment

पद्मरत्नको आरोप : कांग्रेस, एमालेले जनजातिको अधिकार खोसे

PADMARATNA_TULADHAR२० कात्तिक, काठमाडौं । आदिवासी जनजाति राष्ट्रिय आन्दोलन नेपालका अध्यक्ष पद्मरत्न तुलाधरले संविधानमा संघीय इकाइहरुको निर्माण एकल जातीय पहिचानका आधारमा गरिनुपर्ने बताएका छन् ।

आन्दोलनका अध्यक्ष तुलाधरले विहीबार राजधानीमा आयोजित पत्रकार भेटघाटमा कांग्रेस र एमालेले जनजातिले पाएका अधिकार खोसेको र उनीहरु अतीततिर फर्केको आरोप लगाए ।

कांग्रेस र एमालेले अघि सारेको सात प्रदेशको प्रस्तावमा आफूहरुको गम्भीर आपत्ति रहेको तुलाधरले बताए ।

तुलाधरले भने- ‘उक्त प्रस्ताव अध्ययन गर्दा ती पार्टीहरूले आदिवासी जनजाति, दलित, मधेशी, मुस्लिम, महिला लगायतका जाति एवं समुदायसँग राज्यले विभिन्न समयमा गरेका सहमति तथा सम्झौताहरूलाई पूरै बेवास्ता गरेको छ ।’

मुलुकमा जातीय उत्पीडन रहेकाले भूगोल र नदी नालाका आधारमा प्रदेशहरु बनाएर जनजातिको मुक्ति नहुने तुलाधारको तर्क छ । जातीय उत्पीडनबाट मुक्तिका लागि एकल जातीय प्रदेशका आधारमा संवैधानिक र कानूनी व्यवस्था गरिनुपर्ने उनले बताएका छन् ।

तुलाधरको अगुवाइमा आयोजित पत्रकार भेटघाटमा पर्शुराम तामाङ, सुरेश आलेमगरलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment