Comments Add Comment

कांग्रेस-एमालेको भागवण्डा मिलाउन सुकुम्बासी आयोगमा उपाध्यक्ष थप्ने निर्णय

२० कात्तिक, काठमाडौं । सत्तारुढ नेपाली कांग्रेस र एमालेबीच भागवण्डा मिलाउन सुकुम्बासी समस्या समाधान समितिमा उपाध्यक्ष गर्ने निर्णय भएको छ ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले आयोग गठन आदेशमा संशोधन गरी केन्द्रमा एकजना उपाध्यक्ष र एक सदस्य तथा जिल्लामा एक उपाध्यक्ष थप गर्ने निर्णय गरेको हो । समितिका सम्पूर्ण निर्णय सहमतिमा सर्वसम्मतिले हुने निर्णय गरेकोसञ्चार मन्त्री डा. मीनेन्द्र रिजालले जानकारी दिए ।

एमालेले एकलौटी रुपमा आयोग गठन गरेको भन्दै सत्तारुढ कांग्रेसले विरोध गर्दै आएको थियो । अब उपाध्यक्ष थप गर्ने र सहमतिका आधारमा मात्र निर्णय गर्ने भएपछि विवाद मिलेको छ ।

मन्त्रिपरिषद्को बैठकले नेपाल औषधि लिमिटेडको अध्यक्षमा बाबुराम हुँमागाँईंलाई नियुक्त गरेको छ ।

यस्तै नेपाल मेटल कम्पनीको अध्यक्षमा नेत्रराज पौडेल, नेपाल ओरियन्ट एन्ड म्याग्नेसाइट लिमिटेडको अध्यक्षमा बसन्तराज कार्कीलाई नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले गरिब घरपरिवार पहिचान तथा परिचयपत्र व्यवस्थापन तथा वितरण समन्वय बोर्डको कार्यकारी उपाध्यक्षमा चिन्तन पौडेल, कोसी अञ्चल अस्पतालको अध्यक्षमा एकराज भट्टराई, सेती अञ्चल अस्पतालको अध्यक्षमा यज्ञराज पाण्डेय, मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पतालको अध्यक्षमा खुम्बराज थानी र मध्यपश्चिमाञ्चल क्षेत्रीय आयुर्वेद चिकित्सालय दाङमा श्रीधर शर्मालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment