Comments Add Comment

‘मरी-मरी बाँच्नु भन्दा नाचेरै मर्छु’ (भिडियो)

didi-rodan-aalok

बाहिर हाँस्ने मानिसको मनमा कस्तो खालको पिडा हुन्छ, अरुले जान्दैनन् । जानिहाले पनि वुझ्न धौ-धौ नै पर्छ । दुनियाँलाई हसाँउने निर्देशक आलोक नेम्वाङको निधनले यस्तै खालको मनोविज्ञान बोलिरहेको छ । आलोकले आत्महत्याको निर्णय गर्नुअघि नोटमा लेखे-‘मरी-मरी बाँच्नु भन्दा नाचेरै मर्छु ।’ बेलुकीसम्म आफूसँगै हाँसेको एक पि्रय व्यक्तीले बेलुकी यस्तो शब्द कोर्दै आत्महत्या गर्दा धेरैलाई पत्याउन गाह्रो पर्‍यो ।

अन्तिम पटक आलोकले मोडल एलिजा बस्नेतलाई फोन गरेका थिए । फोनमा उनले आफूलाई तल माथि भयो भने मेरा कुकुर र बिरालालाई पनि मसँगै इन्जेक्नस लगाइदिनु भनेका थिए । आलोक उनका कुकुर र बिरालालाई आफ्नो जती माया अरुले दिन सक्दैनन् भन्ने ठान्थे ।aalok-last

उनी निकट चलचित्रकर्मीका अनुसार आलोक केही दिन यता केही फ्रस्टेशनमा थिए । मोडल एलिजा बस्नेत आलोकलाई एक्लोपनले लगेको बताउँछिन् । उनै सबैलाई रमाइलो दिने निर्देशक नेम्वाङको पशुपति आर्यघाटमा अन्तिम दाहासंकार गरिएको छ । अन्तिम दाहासंकारका क्रममा उनका आफन्त र चलचित्रकर्मीले मन थाम्न सकेनन् ।

उनको किराँती परम्परा अनुसार अन्तिम दाहासंकार गरियो । काका देवकुमार नेम्वाङले आलोकको शरिरमा दागवत्ती दिएका थिए । यी हसिला निर्देशक अब हामी माँझ छैनन् । तर, उनले छोडेर गएका सयौ भिडियो र चलचित्र अनि उनको हसिलो मुस्कानको याद, उनलाई सधै संझाउने आधार बन्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment