Comments Add Comment

घुस लिएको दुई झोला पैसासहित विमानस्थल भन्सारका सुब्बा पक्राउ

nasu-pakrau-1

  • पक्राउ परेका नासु हरिवंश कार्की (बीचमा) । देवराज भट्टराई र प्रेम अधिकारी (रातो ज्याकेटमा)

२१ कात्तिक, काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल भन्सारका नायव सुब्बा हरिवंश कार्की झण्डै ७२ लाख रूपैयाँ घुस लिँदै गर्दा रंगेहात पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीलाई शुक्रबार साँझ ८ बजेतिर धुम्बाराहीको मुनलाइट क्याफेबाट कार्कीसँगै दुई भन्सार एजेन्ट देवराज भट्टराई र प्रेम अधिकारीलार्इ पक्राउ परेको हो । लेनदेन हुँदैछ भन्ने सूचनाका आधारमा अख्तियारको टोली पुगेको थियो ।

घुस लिएको रकम दुर्इ झोला र एक पोकामा थियो । दुर्इ बटा गाडीमा रहेका उनीहरूको साथबाट नगद २१ लाख ४० हजार बरामद भएको छ । उक्त रकम दुर्इ बटा पोकामा थियो । एउटा प्लाटिकको झोलामा पत्रिकाले बेरेर राखिएको थियो भने अर्को जेब्रा झोलामा राखिएको थियो ।

nasu-pakrau-2

कार्कीको घरमा पनि रकम लुकाएर राखेको खबर पाएपछि अख्तियारको टोली आकाश धारा पुगे । तर, कार्की पक्राउ परेका थाहा पाएपछि उनकी श्रीमती पैसा र गहगहना लिएर प्रहरी आउनु अघि नै निस्किइन् ।

धुम्बाराहीस्थित छोरीको साथीको घरमा उनले तीन बास हुने भयो, केही पुरानो कपडा राखिदिनु भन्दै पुगिन् । भइतलामा रहेको टहरोको साँचो नभेटिएपछि उनले बाहिर प्लाटिकका ड्रमहरू भएको ठाउँमै राखिन् र भनिन्, पुराना कपडा हुन्, भोलि लैजाने त हो । यहि राख्छु ।’

nasu-pakrau-3

तर, उनले ल्याएको पुराना कपडाको पोकोभित्र रातो व्यागमा नगद र गरहरना भएको घरका कसैले थाहा पाएनन् ।

केहीबेरमा कार्कीका श्रीमतीलार्इ खोज्दै प्रहरी पुग्यो । खनतलासीका क्रममा घर कम्पाउण्डमा रातो झोला भेटियो । प्रहरीको टोलीले खोलेर हेर्दा ५० लाख ९५ हजार नगद भेटियो । साथमा केही गहना पनि थिए ।

nasu-pakrau-4पक्राउ परेका कार्कीले हाकिमका लागि रकम लिएको भन्दै सुदिपचन्द्र साहको नाम लिएका छन् । अबैध सुन तस्करी गर्दा पक्राउलार्इ छुटाउन रकम लिन भनेपछि आफूले लिएको उनले बताए ।

पक्राउ परेका एजेन्ट भट्टराईले भने अभिसेक सरकारलार्इ छुटाउन रकम दिएको बताए । उनले केही हुन्छ भने भनेर यो रकम दिएको बताए । अधिकारीले भने संगै आएका कारण आफू परेको दावी गरे ।

अख्तियारको टोलीले दुर्इ गाडी पनि नियन्त्रणमा लिएको छ । धुम्बाराहीमा गाडीमा दुर्इ बटा पोकामा पैसा भेटिएको थियो ।

घटनास्थलमा पुगेका अख्तियारका अधिकारीले विशेष सूचनाका आधारमा पक्राउ परेको भन्दै थप छानविन भइरहेको बताए ।

अबैध सुन तस्करी गर्दा पक्राउ परेकाहरुलाई छुटाइदिन्छु भन्दै करोडौं घुस लेनदेन भएको अख्तियारको आशंका छ । अधिकारीहरुका अनुसार अवैध सुन ल्याउँदा पक्राउ परेका भारतीय नागरिकहरु अहिले पुर्पक्षका लागि थुनामा छन् ।

थुनामा रहेका सरकारसहितका व्यक्तिलाई छुटाइदिन्छु भन्दै भन्सार एजेन्टमार्फत घुस लिएको सूचनाका आधारमा अख्तियारको टोलीले छापा मारेको थियो । अख्तियार स्रोतका अनुसार उनीहरु आजै पैसा लिएर भारत जाने र हुण्डीबाट पठाउने योजनाका साथ धुम्बाराहीमा जम्मा भएका थिए ।

तस्वीरः श्रीधर पौडेलर कविन अधिकारी/अनलाइनखबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment