Comments Add Comment

दाङमा सवारीको स्पीड नाप्न राडार गन

निमुसंगम घर्ती

Radar gun-dang२२ कात्तिक, घोराही । अधिकांश हुने सवारी दुर्घटना तीब्र गतिका कारण भएको पाइएपछि दाङमा गाडिको गति मापनगर्ने यन्त्र (राडार गन) प्रयोगमा ल्याइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय दाङले मध्यपश्चिम क्षेत्रमै पहिलो पटक उक्त यन्त्रको परिक्षणमा ल्याएको ट्राफिक प्रमुख प्रहरी निरीक्षक वीरबहादुर थापाले जानकारी दिए ।

तीब्र गतिमा गाडी चलाउँदा गाडी दुर्घटना बढेको निश्कर्ष निकाल्दै प्रहरीले जिल्लामा पहिलो पटक गाडीको गति मापन गर्ने यन्त्र प्रयोगमा ल्याइएको हो । यसअघि मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउादा दुर्घटना बढको भन्दै प्रहरीले मापसे चेकजााच गर्न ब्रेथलाइजर मेसिनमा प्रयोगमा ल्याएको थियो ।

दाङमा हुने गरेका दुर्घटना मध्य राजमार्गमा तीब्रगतिका कारण ६३ प्रतिशत र समग्र जिल्लाकै दरलाई हेर्दा २९ दशमलब ९३ प्रतिशत दुर्घटना तीव्र गतिका कारण भएको पाईएकाले गति नियन्त्रणमा चालकलाई सचेत गराउन राडार गनको प्रयोगमा ल्याएको प्रहरी निरीक्षक थापाले बताए ।

राजमार्गमा प्रतिघण्टा ४० किलोमिटर, बजारमा २० र उकालो एवं मोडमा १० किलोमिटरका दरले गाडी कुदाउन सकिने भए पनि ट्राफिक नियमको बेवास्ता गर्दै सवारी चलाउादा दुर्घटना हुने गरेको चालकलाई सचेत गराउान यस्तो यन्त्र प्रयोगमा ल्याइएको प्रहरीको भनाई छ ।

राडार गनबाट टाढाको दुरीमा गुडेको गाडिको गति क्यामेराबाट थाहा पाउन सकिन्छ । एक हप्ताको परिक्षणपछि सडक मापदण्ड विपरित सवारी चलाउनेलाई कार्वाही गरिने प्रहरीले बताएको छ । दाङमा वितेको एक बर्षमा १ सय ५७ वटा सवारी दुर्घटना हुँदा ७४ जनाको मृत्यु भएको थियो भने ३ सय १५ जना घाईते भएका थिए ।

यस्तै चालु आर्थिक वर्षको तीन महिनामा २४ वटा दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ भने ३७ जना घाईते भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment