Comments Add Comment

२० किलो चाँदी र पाँच तोला सुनसहित दुई भारतीय पक्राउ

२२ कात्तिक, रौतहट । रौतहट प्रहरीले २० किलो चाँदी र पाँच तोला सुनसहित दुई भारतीयलाई शनिबार बिहान पक्राउ गरेको छ ।

नेपालबाट भारतको बैरगनिया जाँदै गरेका बिआर३०जे १२०६ नम्बरको भारतीय मोटरसाइकलमा गौरबाट बैरगनिया जाँदै गरेको अवस्थामा गौर नगरपालिका-२ बाट प्रहरी नायब निरीक्षक अरुणकुमार कुशवाहको नेतृत्वमा रहेको प्रहरी टोलीले उनीहरुमाथि शङ्का लागि चेकजाँच गर्दा झोलामा राखेको २० किलो चाँदी र पाँच तोला सुनको बिस्कुट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेमा भारत बैरगनिया घर भएका २० वर्षीय रविकुमार सोनी र सोही स्थानका १८ वर्षीय रोहितकुमार गुप्ता रहेको रौतहटका प्रहरी प्रवक्ता भीमप्रसाद ढकालले बताए । पक्राउ परेकाहरुमाथि आवश्यक अनुसन्धान भइरहेको रौतहट प्रहरीले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment