+
+
Shares

स्याउबाट एक मौसममा ४० करोड कमाइ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २२ गते २१:०२

२२ कात्तिक, म्याग्दी । मुस्ताङीहरूको जीवनमा स्याउले चमत्कारिक परिवर्तन ल्याइदिएको छ । स्याउकै कारण जीवनशैलीमा त परिवर्तन आएको छ नै प्राकृतिक स्रोतको उपयोग र माटोको माया पनि उनीहरूमा वृद्धि हुँदै गएको छ ।

Appleहिमाली जिल्ला मुस्ताङका कृषक स्याउबाट नै समृद्ध बनेका छन् । स्याउका बोटले पैसा तान्न थालेपछि काठमाडौं, पोखराजस्ता सहर र विदेश पसेका मुस्ताङीहरू पनि आˆनै ठाउँमा फर्केर स्याउखेतीमा रमाउन थालेका छन् ।

मुस्ताङमा स्याउ संस्कृतिको विकास हुँदै गएको छ । यस वर्ष स्याउ बेचेर जिल्ल्ाामा रु ४० करोड कृषकले भित्रयाएका छन् ।

जैविक विविधताको दृष्टिले पनि अत्यन्तै महत्वपूर्ण मानिएको हिमाली जिल्लामा प्राकृतिक स्रोतको महत्व र माटोप्रतिको उदात्त भावना पनि घनिभूत रूपमा विकसित हुँदै गइरहेको छ । मुस्ताङका लालबहादुर शेरचन भन्छन्-“माटोमा सुन फल्छ भनेर त्यसै भनिएको रहेनछ, हाम्रो माटोमा साच्चिकै सुन फलेको छ ।”

गत वर्षकोभन्दा यस वर्ष स्याउ उत्पादनमा २५ प्रतिशतले वृद्धि भएपछि आम्दानी पनि गत वर्षकोभन्दा दोब्बर भएको हो ।

गत वर्ष करिब रु २१ करोड मूल्यको स्याउ बिक्री भएको थियो । गत वर्ष मुस्ताङमा चार हजार मेटि्रकटन स्याउ उत्पादन भएकामा यस वर्ष पाँच हजार मेटि्रकटन स्याउ उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ ।

जिल्ला कृषि विकास कार्यालय मुस्ताङका वरिष्ठ कृषि विकास अधिकृत राजाराम अधिकारीका अनुसार मुस्ताङमा उत्पादित स्याउमध्ये ९० प्रतिशत स्याउ बिक्री भइसकेको छ भने सोही स्याउको बिक्रीबाट मुस्ताङी कृषकले रु ४० करोड आम्दानी गरेका छन् ।

कृषकले बाँकी रहेको १० प्रतिशत स्याउमध्ये केही स्थानीयस्तरमा बिक्री गर्ने र केही सुकुटी बनाएर आफन्तलाई दिने गर्दछन् ।

जम्मा १६ वटा गाविस रहेको मुस्ताङ जिल्लाका १३ गाविसमा स्याउ उत्पादन हुने गर्दछ । जिल्लाका छुसाङ, टुकुचे, कागबेनी, मार्फा, मुक्तिनाथ, जोमसोम, घर्मी, झोङ, खुर्साङ र कोबाङलगायतका गाविसमा स्याउ उत्पादन हुने गरेको कार्यालयले जनाएको छ ।

उत्पादित स्याउ पोखरा, बागलुङ, म्याग्दी, पर्वतलगायतका व्यापारी कृषकको बगैंचामा गई बोटबाटै ठेक्कामा खरिद गर्ने गरेका छन् ।

जिल्लामा ८८३ हेक्टर क्षेत्रफल स्याउ उत्पादनशील मानिए पनि यस वर्ष कृषकले ३०० हेक्टर क्षेत्रफलमा मात्र स्याउ लगाएका थिए । जिल्लामा स्याउका बिरुवा उमार्नका लागि नौवटा नर्सरी स्थापना गरिएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?