Comments Add Comment

चापागाउँमा गणेशमान जन्म शताव्दी तयारी पूरा

ganeshman copy२३ कात्तिक,काठमाडौं । नेपाली राजनीतिका लौहपुरुष तथा सर्वोच्च नेता गणेशमान सिंहको जन्म शताब्दी उपलक्ष्यमा पहिलो चरणको कार्यक्रमअन्तर्गत ललितपुरको चापागाउँमा आयोजना हुन लागेको ४४ औं राष्ट्रिय कराँते प्रतियोगिताको तयारी पूरा भएको छ ।

राष्ट्रिय खेलकुद परिषदमा पत्रकार सम्मेलन गरी तयारी सम्बन्धी जानकारी पूर्व सभासद तथा सो कार्यक्रमका संयोजक रामकृष्ण चित्रकारले दिएका हुन् । प्रतियोगिताको उद्घाटन प्रधानमन्त्री सुशील कोइरालाले गर्ने उनले जानकारी दिएका छन् ।

गणेशमान सिंह शान्ति प्रतिष्ठान, नेपाल र नेपाल कराते महासंघको संयुक्त आयोजनामा ललितपुरको चापागाउाको प्याङगाउा प्राङ्गाणमा गरिने प्रतियोगितामा राष्ट्रिय खेलाडीहरु सहभागी हुने कार्यक्रमका सहसंयोजक मीनकृष्ण महर्जनले बताए ।

सहभागी खेलाडी तथा अफिसियलहरुको आवासको लागि काठमाडौंको सुन्धारास्थित सुविधायुक्त होटलको व्यवस्था गरिएको छ भने खाना र खाजाको लागि पनि कार्यक्रमस्थल चापागाउामानै व्यवस्था गरिएको छ ।

खेलाडी र अफिसियलहरुका लागि कार्यक्रमस्थलमा आवातजावतका लागि यातायातको व्यवस्था समेत गरिएको राष्ट्रिय खेलकुद परिषदका पूर्व कोषाध्यक्ष, अन्तर्राष्ट्रिय रेप्रफी तथा सो कार्यक्रमका सहसंयोजक मीनकृष्ण महर्जनले बताए ।

कार्यक्रमस्थल चापागाउाको प्याङ्गाउामा उद्घाटन समारोहको अन्तिम तयारी पूरा भइसकेको छ । सो कार्यक्रमलाई अविष्मरणीय बनाउन उद्घाटनका दिन हेलिकप्टरबाट पुष्पवृष्टि गरी गणेशमान सिंहको जन्म शताब्दीको कार्यक्रम सुभारम्भ गरिने उनले बताए ।
सोही अवसरमा विशेष सांस्कृतिक कार्यक्रम समेत आयोजना हुने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment