+
+
Shares

जसको अनुहारले किशोरीलाई भुतुक्कै बनाउँछ

अनलाइनखबर अनलाइनखबर
२०७१ कात्तिक २३ गते ९:५८

anmol kcकाठमाडौं । उमेरले ५० वर्ष पार गरे पनि अभिनेता भुवन केसी र युवतीका सम्बन्धको चर्चा अझै हुने गर्छ । भुवन आफै स्वीकार्छन पनि ‘हो मसंग अहिले पनि कतिपय युवतीहरु नजिकिन चाहन्छन् ।’
तन्नेरी हुँदा युवतीहरुको विचमा भुवनको लोकपि्रयता जस्तो थियो, त्यो भन्दा बढी लोकपि्रय छन् उनका छोरा अनमोल केसी । पछिल्लो समय रजतपटमा आएका मध्ये किशोरीलाई सर्वाधिक मन पर्ने पात्र हुन् अनमोल ।
चलचित्र ‘होष्टेल’वाट अनमोल सँगै अन्य किशोर सलोन बस्नेत र गौरब पहाडी पनि रजतपटमाा प्रवेश गरेका थिए । तर, अनमोलको जस्तो क्रेज अरुले कायम गर्न सकेनन् किशोरीका विचमा ।
फिल्म सुटिङ होस् या फिल्मसँग सम्बन्धित कुनै पनिसार्वजनिक कार्यक्रममा उनलाई घेर्ने युवतीहरुको संख्या निकै छ । गतवर्ष होष्टेलको कार्यक्रममा पोखरा जाँदा युवतीहरुले अनमोललाई एअरपोर्टमै घेरेर चुम्बन गर्न खोजेका थिए ।
पछिल्लो फिल्म ‘जेरी’मा मुख्य भुमिका निर्वाह गरेका अनमोल आफ्नो करिअरप्रति सचेत रहेको बताउँछन् । ‘म आफ्नो करिअरप्रति चिन्तित छु तशर्थ जस्तो पायो उस्तै फिल्ममा काम गर्दिन ।’ उनले भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?