Comments Add Comment

हत्या अभियोगमा महरा पक्राउ

Ramesh-singh-mahara-Baitadi२४ कात्तिक, काठमाडौं । बैतडीको विजयपुर गाविस ७ का देबबहादुर विष्टको हत्या आरोपी रमेश सिंह महरालाई प्रहरीले काठमाडौंको कपनबाट पक्राउ गरेको छ । शनिबार पक्राउ परेका महरालाई सोमबार जिल्ला प्रहरी कार्यालय बैतडीको जिम्मा लगाइएको छ ।

विजयपुर गाविस ३ घर भएका महराले २२ असार २०६५ मा स्थानीय देबहादुर विष्टलाई मकैबारीमा लगेर पेटमा गोली हानी मारेको अभियोग लागेको छ । विष्टलाई गोली हानेलगत्तै महरा फरार थिए ।

विष्टको हत्यामा संलग्न कर्णबहादुर धामीलाई भने सर्वश्वसहित जन्मकैद तोकेको थियो । तर, महरा फरार भएपछि मुद्दा मुल्तवीमा राखिएको थियो ।

महरालाई कर्तव्य ज्यान मुद्दामा पुनः अनुसन्धान गरी फक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरो महाराजगन्जले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment