Comments Add Comment

लुम्बिनीमा मोदीको सुरक्षाका लागि सेनाको गस्ती

२४ कात्तिक, भैरहवा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई लक्षित गरी सुरक्षा व्यवस्था मिलाउन नेपाली सेनाले सक्रियता बढाएको छ ।

मोदीको सुरक्षाका लागि भन्दै सोमबार लुम्बिनीमा सेनाले गस्ती गरेको छ । मोदीको सुरक्षाका लागि भवानी बक्स गण बुटवलबाट दुई ट्रक सेना  लुम्बिनी पुगेको छ । लुम्बिनी पुगेको सेनाको टोली लुम्बिनी विकास कोषको केन्द्रीय कार्यालय नजिकै बासोवास गर्नेछ  ।

मोदीको सुरक्षाका लागि लुम्बिनीमा ५ सय सशस्त्र प्रहरी र ५ सय जनपद प्रहरी खटाइने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment