Comments Add Comment

गुजराती लगानीकर्ता र उद्योग मन्त्रीबीच भेटवार्ता, टेक्सटाइलमा लगानी गर्न इच्छुक

Taxtile२४ कात्तिक काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको राज्य गुजरातको टेक्सटाइल (कपडा) उद्योगका लगानीकर्ताहरुले नेपालमा लगानी गर्ने इच्छा देखाएका छन् ।

लगानीकर्ताहरुको टोलीले सोमबार साँझ उद्योगमन्त्री महेश बस्नेतलाई भेटेर लगानीको राम्रो बातावरण बनाए अर्बौ लगानी गर्ने बताएका हुन ।

‘लगानीकर्ताहरुको टोलीले वातावरण राम्रो बनाए गुजरातबाटै अर्बौको लगानी गर्ने बताउनुभएको छ’ मन्त्री बस्नेतका निजी सचिव रोसन बस्नेतले अनलाईनखबरसँग भने -उहाँहरुले खासगरी गार्मेन्ट, टेक्सटाईल, वाटरटि्रटमेन्ट प्लान्टमा इच्छा देखाउनु भएको छ ।

गुजराती लगानीकर्ताहरुले गुजरातका उद्योगीहरुबाटै ठूलो लगानी भित्र्याउन तयार रहेको बताएका थिए । प्रधानमन्त्री नरेन्द्र मोदीको भ्रमणअघि लगानीकर्ताहरु यहाँको लगानीको वातावरण बुझन आएका हुन् ।

सो अवसरमा उद्योगमन्त्री महेश बस्नेतले सरकार लगानीकर्तालाई आकर्षण गर्न सँधै तयार रहेको बताए । ‘मन्त्रीज्यूले नेपाल सरकार वैदेशिक लगानी भित्र्याउन तयार रहेको बताउनु भयो’ स्वकिय सचिव बस्नेतले भने -वैदेशिक लगानीसम्बन्धी ऐन पनि संसदबाट पारि हुने चरणमा रहेको बताउनुभयो ।

साँझ ४ बजे भएको भेटघाटमा उद्योग मन्त्रालयकी कार्यवाहक सचिव यमकुमारी खतिवडा, सहसचिव महेश न्यौपानेलगायत उपस्थित थिए ।

रत्न तथा खानी आभूषण व्यवसायीसँग पनि भेट

यसैबीच  रत्न तथा खानी आभूषण व्यवसायीको २०/२५ जनाको टोलीले पनि उद्योग मन्त्री बस्नेतसँग भेटघाट गरेका छन् । उनीहरुले खानीजन्य पद्धार्थको निकासीमा लगाएको रोक हटाउन आग्रह गरेका छन् ।

‘उहाँहरुले खानीजन्य उद्योग सञ्चालनका लागि सहज वातावरण निर्माण गर्न आग्रह गर्नुभयो’ सचिव वस्नेतले भने -मन्त्रीज्यूले यस विषयमा आफू गंभिर रहेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment