Comments Add Comment

यात्रा स्मरणः अन्नपूर्ण पदयात्राका सात दिन

-प्रभाकर गौतमPrabhar gautam

यसपालिको दसैंमा अलि टाढा जान मन थियो । त्यसैबीच अचानक लामो समय सम्पर्कमा नआएको साथी अमितले आफू नेपाल आउन लागेको फेसबुके सन्देश पठायो । कुरा गर्दै जाँदा भन्यो, मुस्ताङ हैन ‘अन्नपूर्ण आधार शिविर (एबीसी) जाम् ।’

चारजनाको समूह बन्यो । बाँकी दुईसँग ठमेलमा जाडो छल्ने बन्दोबस्तीका सामान किन्दा सामान्य परिचयमात्र भएको थियो । दसैंको टीकालगत्तै मुस्ताङ जान लागेको म, पूणिर्माको चौथो दिन एबीसीका लागि रवाना भएँ। हाम्रो पहिलो दिन असोज २५ गतेको सााझ पोखरामा बित्यो ।

दोस्रो दिन (असोज २६)
ट्याक्सी र जिपका सहारामा नयाँ पुल हुँदै झन्नै हिले पुगेपछि हाम्रो पैदल यात्रा शुरु भयो । हिलेको उकालोमा जिपले नतानेपछि हामी सवारी साधनको सुविधाबाट सोचेभन्दा चाँडै वञ्चित भयौं । करिब १० बजेको हुँदो हो । उकालोमा घाम छिटै आउने । हिँड्न शुरु गर्नुमात्र के, गर्मी हुन थालिसक्यो । लत्ताकपडा र खानेकुराहरु कोचामकोच गरेर खाादेको ब्याकप्याकलाई शुरुमै चढ्नु परेको उकालोले झन् भारी बनाइदियो । हाम्रो योजना तीन बजेतिर घोडेेपानी पुग्ने थियो । तर, उल्लेरीको उकालोले गलाउनुसम्म गलाएकाले हामी सोचेभन्दा ढीलो, करिब छ बजेतिरमात्र पुग्यौं ।

लज बुक गरिसकेकाले हाम्रो काम टन्न खाएर आराम गर्नु थियो । तर खाना खाने पालो सोचेभन्दा ढिलो आयो । सिजनका बेला नेपालीभन्दा विदेशी गेस्टले ग्राहृयता पाउादा रहेछन् भन्ने कुरा सुनेकै थियौं, हो रहेछ भन्दै मन बुझायौं । ८ बजे खाना खाएर एक राउण्ड कलब्रेक खेलेर सुतियो । चिसो थियो । सबैले आफूसँगै लगेको स्लिपिङ ब्याग काम आयो । सुत्ने उठ्ने रुटिन फेरियो ।

mountain-1तेस्रो दिन (असोज २७)
बिहान पााचै बजे उठेर पुन हिल जानु थियो । करिब ४५ मिनेट हिँडेर पुगेको उकालोपछिको दृश्य सुन्दर लाग्यो । तर, सूर्योदय हेर्न गएका हामीलाई मौसमले साथ दिएन । त्यतै माछापुच्छ्रे र अन्नपूर्ण हिमाल अलि प्रष्ट देख्न पाएकामै सन्तोष मान्दै फोटो खिचेर फक्र्यौं । हाम्रो योजनाअनुसार टाँडापानी पुग्नु थियो । पुनहिलबाट फर्केर ब्रेकफास्ट गर्‍यौं ।
करिब आठ बजेतिर हिँड्न शुरु गरियो । हिजोको हिँडाइभन्दा आजको सहज लाग्यो । उल्लेरीको जति चर्को उकालो थिएन । मौसम पनि शीतल थियो । हिजोजस्तै आज पनि जंगल, झरना, हिमाल र खोलाहरुको दृश्यपान गर्दै, फोटो खिच्दै हिँडियो । जंगलभरि लालीगुराँसका बोटहरु थिए । भर्खरै कोपिला हाल्दै गरेका बोटहरु हेरेर सोचेा, लालीगुराँस फूलेपछि कत्ति राम्रो देखिँदो हो ।

शरीर पनि हिँड्दै जाँदा भारी बोक्न अभ्यस्त हुँदो रैछ । नयाँ ठाउँ पुग्ने उत्साहले जति थाके पनि आफूभित्रको ऊर्जा रित्तिन नदिने । फेरि, आफूले काटेर आएको बाटो फर्केर हेर्दाको आनन्दले जति हिाड्यो उति मजा लाग्ने ।
साथीहरु बीचबीचमा भन्थे ‘अहो, त्याहाँबाट हिडेको हैन, हेर् हेर् कति चाँडो यहाँ आइपुग्गियो ।’ टाँडापानी पुग्दा ३ बज्यो । होटलमा छिरेर जिन्जर टी खाँदाखाँदै पानी छिटाउन थाल्यो । सुत्नेबेलासम्म पानी नरोकिएपछि मन आत्तिन थाल्यो । पानी परेको मौसममा कसरी हिाड्ने ? पानी रोकिएन भने के गर्ने ? माथि उक्लिने कि घरतिरै फिर्ने ?
mountain-4चौथो दिन (असोज २८)
पानी परिरहेको थियो । हावाको गति पनि बढ्दो थियो । बिहान साढे एघार बजेसम्म पनि हामी कुनै निर्णयमा पुग्न सकेनौं । चिसोका कारण ५० रुपैयाा कपको जिन्जर टी र बीस रुपैयाा कपको तातोपानी पिउादै ज्यान तताइरहृयौं । पानी रोकिने समयसम्म टााडापानीमै बस्ने कि हिाड्ने ? होटलकी दिदीले छिटो निर्णय गर्नुस् भनेर बिहानदेखि पााचपटक भनिसकेकी थिइन् । दुविधा र भयका साथमा अन्ततः हामी अघि बढ्यौं छुम्रुङका लागि ।

नयाँ पुलमा किनेको प्लास्टिक ओढेर हामी हुइँकियौं । जति धेरै हिाड्यो त्यति कम शौच जानुपर्ने हुँदोरहेछ । बीचमा १५० रुपैयाँ तिरेर रारा चाउचाउकोे सुप खानेबाहेक आराम गरिएन । पानीबाट ब्याग जोगिए पनि हामी भिजिसकेका थियौं । त्यसमाथि आफ्नो त ओरालोमा चिप्लेर प्लास्टिकको एउटा भाग च्यातियो । तै तै ब्याग भिज्नबाट बच्यो । जुत्ता, मोजा र लगाएका लुगा भने लुछ्रुप्पै भिजे ।

चिसोका कारण छुम्रुङको सबैभन्दा पहिलो होटलमै बास बस्यौ । सााझको ६ बज्न लागेको थियो । भिजेको शरीरलाई तताउन जिन्जर टी मगायौं, त्यसपछि खाना । त्यसपछि कलब्रेक खेलियो । यो हाम्रो अघोषित रुटिन बनिसकेको थियो ।

सुत्ने बेलासम्म मौसम खराब नै भएकाले माथि पुग्ने आश मर्दाे थियो । साथी निराजनबाहेक अरुमा पुग्नैपर्छ भन्ने जिद्दी थिएन । अमित एटेम्प्ट गरौं भन्दै थियो । म र दर्शन भाइ पानी रोकिएन भने यहीाबाट फिर्नु राम्रो भन्दै थियौं । हाम्रो दुविधालाई थोराङ ला पासमा भएको दुर्घटनाको खबरले झनै बढायो ।

मोबाइलमा घरका मान्छेहरुले मौसमको जानकारी गराइरहेका थिए । त्यसमाथि बाटोमा भेटिने गाइडहरुले सुनाएका डरलाग्दा किस्साले झनै तर्साउाथ्यो । सुत्नेबेलामा पनि हावा-पानीको आवाज कर्कश लागिरहेको थियो । तर, बिहान उठेपछिको मनोविज्ञान पूरै नयाँ भएर आयो । दुई दिनदेखि झरीले ओझेलमा पारेको सूर्य नयाा लागेजस्तै । घाम आकाशमा नभएर चारैजना ठिटाहरुको मनमा लागेजस्तै भयो । त्यसपछि त के थ्यो र, झोलाझम्टी बोकेर हिड्ने चटारो शुरु भइहाल्यो । बाटोभरि सबैभन्दा बढी दोहोरिएको कुरा ‘ छुम्रुङभन्दा अघिको बाटो निकै अप्ठ्यारो छ ।’ हामी त्यही अप्ठ्यारो यात्रामा निस्क्यौं । तर हिँड्दै जाादा सबै बाटा उस्तै लागे । मनमा एउटै कुरा हाबी थियो ‘हामी हिमालको नजिक पुग्दै छौं ।’

mountain-3पाँचौं दिन (असोज २९)
हामी त्यस बेलासम्मकै सबैभन्दा बढी हिँड्यौं । टाढा पुग्नु छ भन्ने कुराले हामीलाई हिँडाइरहृयो । जहााजहाा रोकिन्थ्यौं, ‘जिन्जर टी’ खान्थ्यौं । पानीको मात्रा उचाइसँगै बढाउादै लगेका थियौं । थाक्न त आठ घण्टामै थाकेका थियौं, तर सुत्ने कोठा नपाइएपछि जहाँ पुगे पनि आजको रात डाइनिङ हलमा भन्दै थप दुई/अढाइ घण्टा हिाडियो । देउराली पुग्दा झमक्कै भइसकेको थियो । हिँडाइको गर्मी नघट्दै हिमाली हावाले ठिहिर्याउन थालिसक्यो । त्यसमाथि, डाइनिङ हलसमेत पाउने हो कि हैनको चिन्ता थपियो । कसोकसो डाइनिङ हलको टुंगो लाग्यो । व्यवस्थापनका धेरै काम निराजन र अमितको जिम्माजस्तै थियो । दर्शन भाइ र मैले यसमा केही सुविधा पाएका थियौं । आरामले सुत्न नपाए पनि मान्छे न हो, परिस्थिति अनुसार काम चलिहाल्छ । हाम्रो पनि चल्यो । बीच बाटोमा चिनजान भएका काठमाडौंकै पााच जना साथी पनि हामीसागै भए त्यो रात ।

छैठौंं दिन (असोज ३०)
हाम्रो अवस्था फाइनल परीक्षा दिन जान लागेका परीक्षार्थीजस्तै थियो । ओभर कन्सियस भएर हिड्यौं हामी सबै । देउरालीभन्दा माथिको यात्रामा विशेष सावधानी अपनाउन धेरैले सुझाव जो दिएका थिए । धेरै पानी खाने र बिस्तारै हिँड्ने नियमको पालना गरिरहृयांै । अप्ठ्यारो बाटो अब आउला, तब आउला भन्दाभन्दै करिब अढाइ घण्टाको यात्रापछि माछापुच्छ्रे आधार शिविर आयो । हामी अभ्यस्त भइसकेकाले होला, बाटो त्यति अप्ठ्यारो लागेन । बरु रहस्यमयी क्षेत्रमा प्रवेश गरिरहेको भान भयो । हिजोअस्तिका बाटामा देख्नेभन्दा केही फरक दृश्य देखियो । ठूल्ठूला चट्टान भएका घुम्तीहरु धेरै आए । खोला, पहाड र हिमालको संगम स्थलमा हिाड्दा हिाड्दै भाव र विचार शून्यको अवस्थामा पुग्थेा म घरिघरि । सबै साथीहरुलाई छोडेर कहिले अघिअघि र धेरैजसो पछिपछि हिाड्न मन लाग्थ्यो । र, हरेक दिनको यात्रामा बीचबीचमा त्यसरी नै हिाड्ने बानी परिसकेको थियो ।

माछापुच्छ्रे आधार शिविर पुगेपछि त गन्तव्य साघारमै आएको आभास भयो । अनौठो सन्तोष भाव पैदा भयो । साथीहरु एकअर्काको मुहार हेर्दै गर्विलो मुस्कान दिन थाले । फोटो सेसन त चल्ने नै भयो । अचेल त जहाा र जेको फोटो खिचे पनि फेसबुकमा राख्ने परिकल्पना स्वतः आउने रैछ । एमबीसी पुग्ने बित्तिकै उही जिन्जर टी लियौं । भोक लागेकाले गुरुङ ब्रेड पनि खाइयो । अघिल्लो दिनको पानीले हिउाको मात्रा थपिए पनि हिउँद पूरै लाग्न बााकी भएकोले एमबीसी छेउछाउका हिमालहरु सेताम्मे थिएनन् । केही हिमाल त हिस्सी नपरेका र उजाड लाग्थे ।

दुरी लामो नभए पनि हिउँका कारण एमबीसीबाट एबिसी पुग्न करिब २ घण्टा लाग्ने रैछ । हिउाको बाटो हिड्ने कुरा कल्पनामा सीमित थियो । यथार्थ भइसकेको कल्पनालाई विश्वास गर्न कठिन भइरहेको थियो । चिप्लेर लड्दासमेत दर्द नहुने रैछ फुरुङ्ग तनमनलाई ।

अब लेक लाग्ने भय अनावश्यक लाग्न थाल्यो । डर पूरै हटिसकेको थियो । यात्रामै परिचित एकजना भाइलाई गाह्रो भइरहेको थियो । उनीसँगै गफि्फादै हिाडेा । जति सुस्त हिँड्यो हिउाको बाटो हिँड्न उति आनन्द । १२ बजिसकेकाले हिउँमा हिाड्दासमेत डाउन ज्याकेट लाउनु परेन अब त ।

एमबीसीका भन्दा एबीसीतिरका हिमाल सेताम्मे थिए । अन्नपूर्णलाई हातैले छुन-छुन आाटेको अनुभूतिले रोमाञ्चित थिएा म । फोटोमा धेरैचोटि देखेको अन्नपूर्ण अब साइडमै उभियो । आाखाले देख्ने जति भूगोल पूरै सेतो भयो । मन पनि त्यसैत्यसै कञ्चन भएर आयो । आधार शिविर पुगेर पनि हामीले जिन्जर टी खान बिर्सेनौं । हिाडाइले भोक लगाउने नै भयो ।

बाटोभरि प्रायः रारा चाउचाउ दिन्थे, यहाँ वाइवाइ खाइयो । सबैभन्दा टुप्पोमा पुगेपछि सबैभन्दा महंगो त हुने नै भयो । चिया र चाउचाउको पैसा गोटाएक तीन सय पचास पुग्यो । केही बेर फोटो सेसन चल्ने नै भयो । हामी मात्र हैन स्वदेशी, विदेशी सबैजना वरपरका हिमालहरुलाई र हिमालसागै आफैंलाई क्यामरामा कैद गर्न व्यस्त थिए । सायद सबैमा यो दृश्य र यो थलो केही क्षण वा घण्टाका लागि मात्र हो भन्ने भाव हाबी थियो । मन परेको मान्छे होस् वा ठाउा, बेग्लिनुपर्दा झन् माया लाग्ने ।

‘ओइ लड्लास्’ भन्दाभन्दै साथी आफैं चिप्लियो हिउामा । एकचोटि टेकिसकेको हिउामा अर्को पटक टेक्दा झनै चिप्लिने भएकाले फर्किंदा स्केटिङ खेलेको अनुभूति भइरहृयो । खुट्टाको ब्रेक फेल भएजसरी हुत्तिइरहृयौं । उक्लिादा दुई घण्टामा बढी लागेको ठाउाबाट झर्दा डेढ घण्टा पनि लागेन ।

उकालीमा पछि पछि, ओरालीमा अघि अघि…हिँड्दा हिाड्दै सम्झना फिल्मको गीत याद आयो । आफ्नो ताल भने के उकाली के ओराली जतिबेलै पछि । छिटो हिाड्न सक्थेा होला, तर खुट्टा दुखेर गाह्रो भएको भाइको साथ छोड्न मन लागेन । त्यसैले देउराली पुग्दा अरुभन्दा आधा घण्टा ढिलो भएछु । साथीहरुको शरीर पुनः ऊर्जावान् बनिसकेको थियो । आफू भने एकैछिनमा फेरि हिड्न तयार हुनुपर्यो । ओरालो यात्रामा समय कम लाग्ने भएकाले हाम्रो उद्देश्य सकेसम्म तल झर्ने थियो ।

४१३० मीटरको उचाइ पुगेर फर्केको जोशले होला, हामी हिाड्यौं कम दौड्यौं ज्यादा । करिब अढाइ बजेदेखि सातबजेसम्म हिाड्यौं, टर्च बालीबाली । ब्याम्बू पुगेर औंला भााच्दा पो याद आयो, ठीक बाह्र घण्टा हिाडिएछ । भोजनभन्दा भोक मीठो हुन्थ्यो सधैं । तर थकाइका बावजुद निद्रा मीठो भएन । खासगरी मेरो र दर्शन भाइको । हिउा खेल्न जाने रहर त गरियो, तर चश्मा बोकिएको थिएन । रातभर आाखाबाट आासु बगिरहृयो । आाखा चिम्म गर्नै नहुने । बन्द गर्यो कि पोल्ने । आधा रातमा उठेर आाखामा पानी हाल्दा पनि खासै फाइदा भएन । आाखै बिग्रने हो कि भन्ने डरसमेत लाग्यो । बिहान उठेर हेर्दा थाहा भयो, सेतो हिउालाई नाङ्गो आाखाले हेर्दा त्यसको असर कतिसम्म रातो हुन्छ भनेर ।

सातौं दिन (असोज ३१)
आजै जसरी पनि पोखरा पुग्ने सहमति भएपछि अन्तिम दिनको हिाडाइ पनि लामै हुने भयो । बिहान सातै नबजी खाजा खाएर हुइँकियौं हामी । साथीहरु प्रफेस देखिन्थे । मन हलुको भएको थियो । तर मेरो आाखाको हाल उस्तै थियो । बरु, दर्शन भाइको आाखा पोल्न कम भइसकेको थियो । छुम्रुङ नपुगी औषधि पाउने छााट थिएन । धन्न शीतलमै हिाडेका थियौं । छुम्रुङ पुगेपछि औषधि पाइयो । धेरै राहत भयो । आँखा पखाल्दै, औषधि हाल्दै हिाडे ।
झिनु डााडा ‘हट स्पि्रङ’ हेर्न आउनेहरुको चापले भरिभराउ थियो । तर, झरनासम्म पुग्न थप हिाड्नु पर्ने भएकाले हामी त्यता लागेनौं । सिउनी बजार पुग्दा ३ बज्यो । गाडी देख्दा पनि धेरैपछि प्रेमीलाई देखेसरहको आनन्द आयो । उफ्, अब हिाड्नु पर्दैन भनेर हाइसन्चो भयो । ट्याक्सी रिजर्भ गर्यौं, चार हजारमा पोखरा । गोडाहरुले गाडीलाई धन्यवाद दिए । अन्ततः झमक्क हुनुअघि नै पोखरा लेकसाइड पुग्यौं ।

अमेरिकाबाटै एबीसीलाई लक्ष्य बनाएका अमित र निराजनको हामीभन्दा बढी खुशी देखिन्थे । भन्दै थिए ‘माथि नपुगी फर्किनु परेको भए युएसमा केटाहरुको अगाडि हेन्सी डाउन हुन्थ्यो यार Û’ लजमा पुगेर अन्तिम कलब्रेक खेलियो । सबै जना आरामले सुतेजस्तो लाग्यो । मेरो मन भने उतै थियो । ओछ्यानमा पल्टेर सुन्दर प्रकृतिका दृश्यसागै त्यहााको जनजीवनका आयामबारे सोच्न थालेा । एकहप्ते पदयात्राका क्रममा त्यहााको भौगोलिक विकटता र जटिल जीवनसँग धेरथोर परिचित भएँ जस्तो लाग्यो ।
फर्किंदा लान्द्रुक वा घान्द्रुकमा आराम गर्ने योजना थााती राख्दै यात्रा हतारमै छोट्याइयो । कारण बन्यो, थोराङ ला पासको दुःखद दुर्घटना । शनिबार हिाडेका हामी आठौं दिन शनिबारै काठमाडौं आइपुग्यौं । धुलो, धुवाँ र भीडले भनिरहेजस्तो लाग्यो , ‘कंग्रयाट्स टिम एबीसी, वेलकम ब्याक’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment