Comments Add Comment

जीवन र नीताको ‘भुल भूलैया’

bhulbhulaiya-poster
यसअघि चलचित्र ‘नोटबुक’बाट सफल बनेका नायक जीवन लुइटेल र नायिका नीता ढुंगानाको जोडी फेरि एकपटक पर्दामा देखिदैछन् । निर्देशक योगेश घिमिरेले चलचित्र ‘भुल भूलैया’मा यो जोडीलाई फेरि दर्शकमाझ प्रस्तुत गर्न लागेका हुन् । चलचित्रको फष्टलुक र प्रदर्शन मिति तय गर्दै निर्माणपक्षले प्रचारको सुरुवात गरेको हो ।

यो चलचित्र चैत्र १३ गतेबाट देशभरका हलमा लाग्ने भएको छ । चलचित्रमा सोहित मानन्धर पनि मुख्य भूमिकामा छन् । दिनेश कुमार पोख्रेलको प्रस्तुतीमा तयार भएको चलचित्रलाई सुशिल कार्की, सुरेश गौतम, मणिराज दाहालले निर्माण गरेका हुन् । चलचित्रको कार्यकारी निर्माता निरज ढकाल हुन् ।

चलचित्रले डीजिटल प्रविधिलाई उच्च प्रयोग गरेको निर्देशक घिमिरेको दाबी छ । चलचित्रमा बसन्त सापकोटाले संगीत भरेका छन् । यसअघि पनि गीतकै कारण सफल मानिएका निर्देशक घिमिरे यसपटक पनि आफ्नो चलचित्रको सशक्त पाटो गीत रहेको बताउाछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment